किशोर-किशोरीलाई उमेर-संवेदनशील विज्ञापन नदेखाउने नीतिमा थप सुधार ल्याउँदै गुगल

  • Technology Khabar | ६ माघ २०७८, बिहीबार
किशोर-किशोरीलाई उमेर-संवेदनशील विज्ञापन नदेखाउने नीतिमा थप सुधार ल्याउँदै गुगल

काठमाडौं ।

अल्फाबेट इंकको गुगलले यसै हप्ता उमेर-संवेदनशील विज्ञापन नीतिमा सुधार ल्याउने भएको छ।

अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो अनुसन्धानका क्रममा गुगलको सर्च इन्जिनमा बेलायतको कानूनअनुसार ब्लक गरिनुपर्ने खालका योन खेलोना, मदिरा तथा उच्च जोखिमयुक्त विज्ञापनहरु भेटेको थियो।

बेलायतले गत वर्षको सेप्टेम्बरदेखि नै बालबालिकाहरुलाई अनलाइन रुपमा ट्र्याक हुनबाट बचाउन नियमहरु लागू गरेको थियो।

गुगलले यसको जवाफमा यूरोपलगायत सबैतिर १८ वर्षभन्दा कम उमेरका यूजरका लागि आफ्ना सेवाहरुमा रहेका सेटिङ्समा परिमार्जन गर्न शुरु गरेको थियो।

यसैक्रममा गुगलले गत वर्षको अक्टोबरमा किशोर अवस्थाका यूजरलाई उमेर संवेदनशील विज्ञापन देखाउनबाट रोक लगाउन थालेको थियो।

हाल कम्पनीले मदिरा, नशालु औषधी तथा जुवाजस्ता समूहसँग सम्बन्धित विज्ञापन गुगल एकाउन्ट नभएका वा १८ वर्षमुनिका यूजरलाई देखाउनबाट रोक्न अटोमेटेड टूलको प्रयोग गरिरहेको छ।

प्रकाशित: ६ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार