इलन मस्कको स्पेसएक्सद्वारा थप ४९ स्टारलिंक स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | ६ माघ २०७८, बिहीबार
इलन मस्कको स्पेसएक्सद्वारा थप ४९ स्टारलिंक स्याटेलाइट प्रक्षेपण

काठमाडौं ।

इलन मस्कको कम्पनी स्पेसएक्सले विश्वभर स्याटेलाइट इन्टरनेट उपलब्ध गराउन एकपछि अर्को गर्दै स्याटेलाइट प्रक्षेपण गरिरहेको छ। कम्पनीले थप ४९ स्टारलिङ्क स्याटेलाइट प्रक्षेपण गरेको छ।

यसरी हालसम्म २ हजारभन्दा बढी स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण भइसकेको छ। पछिल्लो प्रक्षेपण जनवरी १९ मा फ्लोरिडा, संयुक्त राज्य अमेरिकाको केनेडी स्पेस सेन्टरबाट ‘फाल्कन ९’ रकेटमार्फत भएको थियो। प्रक्षेपणको करिब ९ मिनेट पछि, रकेटको पहिलो चरण पृथ्वीमा फर्कियो।

स्टारलिंक परियोजना, स्पेसएक्सद्वारा सञ्चालित, सयौं साना स्याटेलाइटहरू मार्फत विश्वभर कम विलम्बतासहितको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्न तय गरिएको हो। कतिपय क्षेत्रमा यो सेवा पनि सुरु भएको छ ।

यस परियोजनाअन्तर्गत ग्राउन्ड ब्रोडब्यान्ड सेवाबाट पूर्णतया टाढा रहेका क्षेत्रमा इन्टरनेट जडान उपलब्ध गराउने सपना रहेको छ । इलन मस्कले हालैको प्रक्षेपण पछि फाल्कन ९ रकेटको एक आश्चर्यजनक फोटो ट्वीट गरे। यसको पृष्ठभूमिमा चन्द्रमा उदाइरहेको देखिन्छ। उल्लेखनीय कुरा के छ भने, इलन मस्कले नासाको चन्द्रमा मिसनलाई पनि हेरिरहेका छन्, जसअन्तर्गत ३० वर्षपछि फेरि चन्द्रमामा मानिसलाई अवतरण गर्ने तयारी भइरहेको छ।

आफ्नो ट्विटमा मस्कले लेखेका छन्, ‘चाँडै चन्द्रमामा फर्कँदै।’

प्रकाशित: ६ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • ६ माघ २०७८, बिहीबार