गुगल पिक्सेल ३ सिरिजमा अटो कल हुने समस्या समाधानका लागि अपडेट उपलब्ध

  • Technology Khabar | २२ पुष २०७८, बिहीबार
गुगल पिक्सेल ३ सिरिजमा अटो कल हुने समस्या समाधानका लागि अपडेट उपलब्ध

काठमाडौं ।

गुगल पिक्सेल ३ सिरिजमा केही समयअघि आएको आफैं इमर्जेन्सी कल जाने समस्याको समाधानका लागि कम्पनीले सफ्टवेयर अपडेट सार्वजनिक गरेको छ।

गुगलले हालै आफ्नो नियमित सेक्युरिटी प्याच अपडेटको साथमा इमर्जेन्सी कलिङ बगको समाधानका लागि आवश्यक सफ्टवेयर पनि बन्डल गरेर पठाएको हो।

यी सिरिजका लागि गत अक्टोबरमै मुख्य सफ्टवेयर अपडेटको सूचीबाट हटाइएको यो सिरिजका डिभाइसमा कम्पनीले समस्या समधानकै लागि भए पनि अपडेट उपलब्ध गराउनु सराहनीय रहेको बुझिएको छ।

यो अपडेटको बिल्ड नम्बर एसपी१ए.२१०८१२.०१६.ए२ रहेको र अधिकांश यूजरका लागि डाउनलोडमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यो प्याचको साइज जम्मा ५०० केबी मात्र रहेको छ।

यो अपडेटपछि कुनै समस्याबिनै ९११ मा कल गर्न सकिने पनि बतानइएको छ।

प्रकाशित: २२ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार