वर्ल्डलिंकले भित्र्यायो नेपालकै फास्ट ईन्टरनेट, अब कम्तिमा पनि १५० एमबीपीएसको स्पिड

  • Technology Khabar | २९ मंसिर २०७८, बुधबार
वर्ल्डलिंकले भित्र्यायो नेपालकै फास्ट ईन्टरनेट, अब कम्तिमा पनि १५० एमबीपीएसको स्पिड
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडद्वारा आयोजित घोषणा कार्यक्रममा कम्पनीका अधिकारीहरु।

काठमाडौं ।

नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको ईन्टरनेट भित्र्याएको छ।

उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको ईन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकले जनाएको छ। यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुनेछ।

योसँगै यो सँगै वर्ल्डलिंकको ईन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ। उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको ईन्टरनेटको अनुभव गर्न पाउनेछन्।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमबीपीएस गतिको ईन्टरनेट उपभोग गर्न पाउने छन् । १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको ईन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ।

‘वर्ल्डलिंक सधैं उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय ईन्टरनेट सेवा दिन तल्लिन छ । नेपालको ईन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप हामीले नयाँ योजना सार्वजनिक गरेका हौं,’ वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने।

विभिन्न तथ्यांकले देखाए अनुसार विश्वमा औसत ईन्टरनेटको स्पिड ८० एमबीपीएस हारारारीमा छ भने नेपालमा ईन्टरनेटको औसत स्पिड २२ एमबीपीएस छ। साढे पाँच लाख परिवारलाई ईन्टरनेटसँग जोडेको वर्ल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा छ।

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडद्वारा आयोजित घोषणा कार्यक्रममा राखिएको प्रचारात्मक सामग्री।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमका बीच वर्ल्डलिंकले आफ्नो नयाँ योजना सार्वजनिक गरेको छ। उच्च गतिको ईन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्नको लागि निकै सहज हुने वर्ल्डलिंकले अपेक्षा गरेकोछ।

वर्ल्डलिंकका हालका प्रयोगकर्ताहरुले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने छन् । यसको लागि डुअल व्याण्ड भएको राउटर मात्रै आवश्यक पर्नेछ।

यो योजनाले ईन्टरनेट सेवाग्राहीको वाईफाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने वर्ल्डलिंकको विश्वास छ। उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वर्ल्डलिंकले मर्मत सेवालाई प्रभावकारी बनाउँदै लगेको जनाएको छ ।

हिमाल आरोही निर्मल पुर्जा वर्ल्डलिंकका सद्भावना दूत

आठ हजार भन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहरण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा वर्ल्डलिंकको सद्भावना दूत नियुक्त भएका छन् । बुधबार आयोजित कार्यक्रमका बीच वल्र्डलिंकले पर्जालाई सद्भावना दूत नियुक्त गरेको हो ।

पुर्जाको हिमाल आरोहण सम्बन्धी कथामा आधारित भएर तयार पारिएको वृत्तचित्र (डकुमेन्ट्री) ‘फोर्टिन पिक्सः नथिङ ईज ईम्पोसिबल’ केही साता अघि मात्रै नेटफ्लिक्समार्फत विश्वभर सार्वजनिक भएको थियो । नोभेम्बर ३० मा सार्वजनिक भएको वृत्तचित्र नेटफ्लिक्सको सर्वाधिक लोकप्रिय मध्येको एक हो ।

प्रकाशित: २९ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...