सामसङको नयाँ प्रविधिले निद्रामा हुने खतरनाक समस्या पत्ता लगाउन सहयोग गर्ने

  • Technology Khabar | १३ कार्तिक २०८३, शुक्रबार
सामसङको नयाँ प्रविधिले निद्रामा हुने खतरनाक समस्या पत्ता लगाउन सहयोग गर्ने

काठमाडौं ।

सामसङले आफ्ना स्मार्ट डिभाइसमा नयाँ फिचर ल्याउने भएको छ। जसले निद्रका समयमा हुने गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या पत्ता लगाउन सहयोग गर्ने छ।

नयाँ स्लिप एप्निया पत्ता लगाउने सुबिधाले अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडिए) र दक्षिण कोरियाका सम्बन्धीत निकायबाट स्वीकृत प्राप्त गरेको छ।

सामसङका अनुसार यो सुविधा दक्षिण कोरियामा उपलब्ध हुने छ। स्लिप एप्नियाका सम्भावित लक्षण पहिचान गर्ने नयाँ प्रवधिले यस अवस्थाको थप विस्तृत विश्लेषण गर्ने छ।

एआईमा आधारित एल्गोरिदम प्रयोग गरी उपकरणहरुले निन्द्राको प्रत्येक घण्टामा श्वासप्रश्वासमा कति पटक समस्या देखिन्छ भन्ने व्याख्या गर्नेछन्। यसले सम्भावित जोखिमको स्तरसमेत मूल्याङ्कन गर्नेछन्।

यस सुविधा मार्फत प्रयोगकर्ताले आफूमा हल्का मध्यम वा गम्भीर प्रकारको स्लिप एप्नियाका लक्षण देखिएको संकेत प्राप्त गर्न सक्छन्।

यो सुविधा दक्षिण कोरियामा नोभेम्बरदेखि उपलब्ध हुने अपेक्षा गरिएको छ। सुरुमा ग्यालेक्सी वाच अल्ट्रा २, ग्यालेक्सी वाच ९ र ग्यालेक्सी रिङमा यी सुविधा उपलब्ध हुनेछ। ग्यालेक्सी वाच ८ र वाच ७ लगायत पुराना मोडलमा पनि यो सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

टेलिग्राफका अनुसार, यो सुविधाले एफडीएबाट स्वीकृत प्राप्त गरिसकेकाले अन्य देशमा पनि लगभग यहि समयदेखी उपलब्ध गराउन सकिने सम्भावना छ। तर अन्य वजारमा उपलब्ध हुने आधिकारिक मिति भने सावर्जनिक गरिएको छैन्।

विशेषगरी ग्यालेक्सी रिङ प्रयोगकर्ताका लागि यो सुविधा प्रयोग हुन सक्ने छ। स्मार्टवाचको तुलनामा औठी आकारको सानो हुने भएकाले यसको प्रयोगबाट निद्राको निगरानी गर्न सजिलो हुन सक्छ।

स्लिप एप्निया निद्राका क्रममा बारम्बार श्वासप्रश्वास रोकिने वा अवरुद्ध हुने समस्या हो। विश्वभर करिब एक अर्व मानिस यस समस्याबाट प्रभावित रहेको अनुमान छ।

स्लिप एपनिया मुटु सम्बन्धी रोग, टाइप २ मधुमेह र उच्च रक्तचापलगायत अन्य स्वास्थ्य समस्यासँग पनि सम्बन्धीत छ।

यसका लक्षण समयमानै पहिचान गर्न सके प्रयोगकर्ताले उचित समयमा चिकित्सकीय परामर्श लिन सक्छन्। तर स्मार्ट वाच र स्मार्ट रिङले चिकित्सकबाट गरिने व्यवसायिक स्वास्थ्य परिक्षणको विकल्पको रुपमा काम गर्दैनन्।

प्रकाशित: १३ कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार