अमेरिकी प्रतिबन्धका कारण ह्वावेले आफ्नो सर्भर डिभिजन बेच्न छलफल गर्दै

  • Technology Khabar | १७ कार्तिक २०७८, बुधबार
अमेरिकी प्रतिबन्धका कारण ह्वावेले आफ्नो सर्भर डिभिजन बेच्न छलफल गर्दै

काठमाडौं ।

ह्वावेले आफ्नो एक्स८६ सर्भर डिभिजन बेच्नका लागि कुराकानीमा रहेको ब्लूमबर्गको नयाँ रिपोर्टले उल्लेख गरेको छ। कम्पनीलाई अमेरिकी प्रतिबन्धका कारण इन्टेल कर्पबाट प्रोसेसरहरुको माग समेत हासिल गर्न कठिन भएको छ।

भित्री स्रोतहरुलाई उदृत गर्दै आएको समाचारमा ह्वावेमा लगाइएको अमेरिकी प्रतिबन्धहरूका कारण यसको सर्भर आपूर्ति श्रृंखलाको लागि हानिकारक भएको छ र यसैले कम्पनीलाई आफ्नो व्यवसायको यो पक्ष बेच्न बाध्य पारिरहेको उल्लेख छ।

रिपोर्टहरूको आधारमा ह्वावेले आफ्नो सर्भर डिभिजन निजी र सार्वजनिक क्षेत्रका कम्पनीहरूको चिनियाँ कन्सोर्टियमलाई बेच्ने अपेक्षा गरिएको छ।

विशेष गरी हेनान इन्फर्मेसन इण्डस्ट्रि इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र सूचना उद्योग लगानी र ह्वाकिन टेक्नोलोजी कम्पनी लिमिटेड ह्वावेको सर्भर-साइड व्यवसाय टेकओभर गर्न खोज्ने दुई खेलाडीहरू हुन्। सो किनबेच अर्बौं युआनमा हुनसक्ने बताईएको छ।

यो समाचार यस विषयमा परिचित व्यक्तिहरूबाट आएको र यसमा ह्वावेद्वारा पुष्टि हुन बाँकी रहेको जनाईएको छ।

यसअघि ह्वावेले आफ्नो अनर मोबाइल डिभिजन समेत बिक्री गरिसकेकोछ । कम्पनी हाल इभी र फाइभजी प्रविधिका टेलिकम्युनिकेसन उत्पादनहरुमा केन्द्रित हुँदै गएकोछ।

प्रकाशित: १७ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १७ कार्तिक २०७८, बुधबार