प्रविधि

एनभिडियासँग जवाफ माग्दै अमेरिकी अर्थमन्त्री

एनभिडियासँग जवाफ माग्दै अमेरिकी अर्थमन्त्री
सांकेतिक फाइल तस्बिर
Global IME Bank

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले निर्यात प्रतिबन्ध छल्दै चीनमा अत्याधुनिक एआई चिप पुर्याएको आशङ्काबारे एनभिडियासँग १० दिनभित्र जवाफ मागेका छन्।

उनले सिङ्गापुरस्थित मेगास्पिड कम्पनीमार्फत चिप चीन पुगेको हुन सक्ने आशङ्का व्यक्त गर्दै कम्पनीको आन्तरिक अनुसन्धानको निष्कर्ष मागेका हुन्।

अमेरिकी न्याय मन्त्रालयले पनि यस विषयमा आपराधिक अनुसन्धान गरिरहेको छ। एनभिडियाले भने यसअघि आरोप अस्वीकार गरेको थियो।

बेसेन्टले कम्पनीको नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताएका छन्। यसैबीच, एलन मस्कसहित एक लाख ६५ हजारभन्दा बढीले हस्ताक्षर गरेको खुलापत्रमार्फत जेन्सेन हुआङलाई पुनः नेतृत्वमा ल्याउन र स्वतन्त्र अनुसन्धान गर्न माग गरिएको छ।

एनभिडियाका अधिकारी र हुआङ अमेरिकी प्रतिनिधिसभाका तीन समितिसमक्ष बयान दिन सहमत भएका छन्। स्थायी उत्तराधिकारी चयन नहुँदासम्म वित्तीय प्रमुख कोलेट क्रेसले अन्तरिम प्रमुखको जिम्मेवारी सम्हाल्ने कम्पनीले जनाएको छ।

हुआङको ३३ वर्षे नेतृत्व अन्त्य भएपछि एनभिडियाको सेयर मूल्य यस साता १२ प्रतिशतभन्दा बढी घटेको छ। कम्पनीको बजार पुँजीकरण करिब पाँच खर्ब ७३ अर्ब अमेरिकी डलरले घटेको छ। कम्पनीले मङ्गलबार त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछ।–रासस

Sajilo Visa
easy care