प्रविधि

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्र

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्र
Global IME Bank

बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो?’ अभियानको अवधि मंसिर ४ गते सम्म मात्र रहेको छ।

यस अभियान अन्तर्गत मंसिर ४ गते भित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार, सहभागीहरूले अनलाइनमा उपलब्ध ‘पल्सर रेसिङ गेम’ मार्फत आफ्नो खेल कौशल प्रदर्शन गर्न सक्नेछन्। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले आकर्षक उपहार जित्ने अवसर पाउनेछन्। जसमा हरेक दिन स्मार्टवाच जित्ने अवसरसमेत रहेको छ।

अभियानको अर्को आकर्षणका रूपमा मोटरसाइकल खरिद योजना तथा ‘सो योर पावर’ प्रतियोगिताबाट छनोट भएका विजेताले रवीन्द्र धन्त, क्रिस सेवन होराआ र राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरीसँग भेटघाट गर्ने अवसर पाउनेछन्। यस प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले आफ्नो सिर्जनशीलता र शक्ति झल्किने पल्सरसम्बन्धी भिडियो तयार गरी सामाजिक सञ्जालमा अपलोड गर्नुपर्ने कम्पनीले बताएको छ। साथै, @bajajnepal लाई ट्याग गरी #GameofPower प्रयोग गर्नुपर्ने बताएकाे छ।

Sajilo Visa
easy care