गुगलले आफ्नो नयाँ पिक्सेल ६ मा एन्ड्रोइड सुरक्षा अपडेट पाँच बर्षसम्म दिने

  • Technology Khabar | २४ आश्विन २०७८, आईतवार
गुगलले आफ्नो नयाँ पिक्सेल ६ मा एन्ड्रोइड सुरक्षा अपडेट पाँच बर्षसम्म दिने

काठमाडौं ।

पिक्सेल सिक्सको बारेमा अलि बढी जान्नको लागी तपाइँ गुगलको १९ अक्टोबरको कार्यक्रम सम्म पर्खनु पर्दैन। प्रसिद्ध लीकर इभान ब्लासले कारफोन वेयरहाउसमा टिजर पानाहरु देखेका छन् जसले सफ्टवेयरसहित पिक्सेल ६ र ६ प्रो को धेरै जानकारीहरु बाहिर ल्याएको छ।

विगतका हल्लाहरुको पुष्टिमा, गुगलले कम्तिमा सुरक्षा अपडेट पाँच बर्षसम्म दिने प्रतिज्ञा गरीरहेको छ। यो सामसङको चार बर्षभन्दा लामो अवधि हो र  तपाइँको पिक्सेल ६ फोनमा २०२६ सम्मको लागी अप-टु-डेट सुरक्षा हुने सुझाव दिन्छ।

टीजरहरुले केहि अधिक विवरण प्रदान गरेको छ। गुगलले क्यामरा ट्रिक्समा रुचि राखेको छ जसमा म्याजिक इरेजर फोटोबम्बर्स (photobombers)लाई हटाउँछ, फेस अनब्लरले ‘सब्जेक्ट’लाई फोकसमा राख्छ, र एक अल्ट्रा वाइड फ्रन्ट क्यामराले ग्रुप सेल्फी खिच्न मद्दत गर्दछ।

पिक्सेल ६ मा एक ५० एमपीको मुख्य सेन्सर र एक १२ एमपी अल्ट्रा वाइड हुनेछ, जबकि ६ प्रोमा यसका साथमा एक ४८ एमपीको टेलीफोटो लेन्स जोड्नेछ।

उत्पादन पृष्ठहरुकाआधारमा हेर्दा ब्याट्री लाइफ फाइभजीमा पनि २४ घन्टा हुनेछ भने फास्ट २० वाट वायर्ड चार्जिङ्ग र ब्याट्री शेयर (Battery Share) को माध्यमबाट रिभर्स चार्ज गर्न सकिनेछ।

त्यहाँ एक नयाँ “दुई पटक शक्तिशाली” पिक्सेल वायरलेस चार्जको लागी स्ट्यान्ड पनि छ। ६.४ इन्चको पिक्सेल ६ र ६.७ इन्चको ६ प्रो दुबैमा गोरिल्ला ग्लास भिक्टसको साथसाथै आईपी६८ धूलो र पानी प्रतिरोध गर्नेछन्, यद्यपि तपाईँले प्रोको लागी १२० हर्ज डिस्प्ले चाहनुहुन्छ भने आगामी वसन्तसम्म कुर्नुपर्छ।

कारफोन लिस्टिंगले अन्य स्पेकको बारेमा भने धेरै जानकारी दिएको छैन्।

प्रकाशित: २४ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार