पर्सिभेरन्स रोभर मंगल ग्रहको पुरानो जीवनसम्बन्धी खोजीको सम्भाव्यता नजिक : रिपोर्ट

  • Technology Khabar | २४ आश्विन २०७८, आईतवार
पर्सिभेरन्स रोभर मंगल ग्रहको पुरानो जीवनसम्बन्धी खोजीको सम्भाव्यता नजिक : रिपोर्ट

काठमाडौं ।

नासाले मंगल ग्रहको जजेरो क्रेटरमा त्यहाँको पोराणिक जीवनको अध्ययनका लागि पर्सिभेरन्स रोभर अवतरण गराएको थियो।

विभिन्न परीक्षणहरु गर्दै अब भने रोभर आफ्नो मुख्य कामको लगभग नजिक पुगको संकेत मिलेको छ।

हालै वैज्ञिनकहरुले प्रकाशित गरेको रोभर अवतरण गरेदेखि हालसम्मकै एउटा अध्ययनले रोभरले कुन स्थानमा खोजी गर्दा यहाँको एतिहिक जीवनका बारेमा केही प्रमाण भेट्नेछ भन्ने कुरा निर्क्योल गरेको उल्लेख छ।

पत्ता लागेका तथ्य तथा फोटोहरुबाट जजेरोमा कुनै समय ताल तथा नदिले बनाएको उच्चसमस्थली रहेको आकलन गर्न सकिन्छ। त्यहाँ रहेका केही खाडलहरु रोभरको मुख्य अनुसन्धान क्षेत्र हुने बुझिएको छ।

यसले हालसम्म मंगल ग्रहमा पाइएको सुरक्षित रहेको भोगोलिक पदार्थहरुको तहहरु युक्त सामग्रीको प्रतिनिधित्व गरेको बताइएको छ। यसले मंगल ग्रहमा ताल तथा उच्चसमस्थली रहेको पुष्टि गरेको पनि रिपोर्टमा उल्लेख छ।

हालै लिइएको तस्बिरबाट पर्सिभेरन्स टोलीले रोभर उक्त क्षेत्रमा पुग्नुअघि कुन ठाउँमा खोजी गर्ने भन्ने संकेत मिलेको बताइएको छ।

कोडियाकको उत्तर पूर्वमा पनि आश्चर्यजनक रुपमा ढुंगाका गिट्टीहरुको तह रहेको पाइएकोले शुरुमा बाढी आएर पछि शान्त नदीमा परिणत भएकोतर्फ संकेत गरेको छ।

जजेरोको पानीको बहाव सोचेकोभन्दा बढी जटिल पाइएको छ। तालको पानी सुक्नुअघि वर्षोंसम्म परिवर्तन भएको आकलन गरिएको छ।

हाल पत्ता लागेका यी तथ्यहरु अनुसन्धाताहरु पृथ्वीमा फर्कँदा ल्याउने सबैभन्दा मूल्यवान् समय खर्चेर पाइएका उपहारका रुपमा रहने अपेक्षा गरिएको छ। यसबाट वैज्ञानिकहरुलाई मंगल ग्रह सुक्नुको रहस्य पत्ता लगाउन पनि मद्दत मिल्ने बताइएको छ।

प्रकाशित: २४ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार