एप्पलको विद्युतीय गाडी परियोजना प्रमुख फोर्डमा अनुबन्ध

  • Technology Khabar | २४ भाद्र २०७८, बिहीबार
एप्पलको विद्युतीय गाडी परियोजना प्रमुख फोर्डमा अनुबन्ध

काठमाडौं ।

अटो निर्माता कम्पनी फोर्डले मंगलबार एप्पलको कार ग्रुपका प्रमुख डोग फिल्डलाई अनुबन्ध गरेको बताएको छ।

एप्पलले आफ्नो महत्वाकांक्षी स्वचालित विद्युतीय गाडीको परियोजनाका लागि फिल्डलाई नेतृत्व तहमा राखेको थियो।

फिल्डले अब फोर्डको एडभान्स्ड टेक्नोलोजी तथा इम्बेडेड सिस्टमको मुख्य अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।

यो पदमा रहेर उनले समुद्रपारका व्यापारलगायत सवारी नियन्त्रण इन्टरप्राइज कनेक्टिभिटी तथा ड्राइभर सहायता प्रविधिका क्षेत्र हेर्ने कम्पनीले जनाएको छ।

उनले फोर्डका सीईओ जिम फर्लेलाई रिपोर्टिङ गर्नेछन्।

गएको तीन वर्षदेदखि फिल्डले एप्पपलको एएपीएल स्पेशल प्रोजेक्ट ग्रुपमा उपाध्यक्षका जिम्मेवारीका साथ कम्पनीको आफ्नै विद्युतीय कार निर्माण गर्ने महत्वाकाँक्षी योजनाको नेतृत्व गरिरहेका थिए। यसअघि उनले टेस्ला तथा सेगवेमा पनि वरिष्ठ इन्जिनीयरको भूमिका निर्वाह गरेका थिए।

उनको लिंक्डइन पेज अनुसार यसअघि नै सन् १९८७ देखि १९३ सम्म फोर्डमा डेभलपमेन्ट इन्जिनीयरका रुपमा काम गरिसकेका छन्।

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...