एप्पलले अक्टोबरमा दुई चरणमा उत्पादन सार्वजनिक गर्ने योजना बनाउँदै

  • Technology Khabar | २१ आश्विन २०८३, बुधबार
एप्पलले अक्टोबरमा दुई चरणमा उत्पादन सार्वजनिक गर्ने योजना बनाउँदै
फाइल तस्बिर

काठमाडौं ।

एप्पलले अक्टोबरको अन्तिम साता थप नयाँ उत्पादनहरू सार्वजनिक गर्ने योजना बनाइरहेको यस विषयमा जानकारी राख्ने विभिन्न स्रोतहरूलाई उदृत गर्दै म्याक र्यूमर्सले रिपोर्ट गरेको छ।

अक्टोबरको अन्तिम साता एप्पलले कुन-कुन उत्पादनहरू सार्वजनिक गर्नेछ भन्ने यकिन जानकारी नभए पनि, सम्भावित उत्पादनहरूमा विभिन्न म्याक मोडेलहरू समावेश छन्।

यसमा लामो समयदेखि चर्चामा रहेको ओएलईडी डिस्प्ले र पातलो तथा हल्का डिजाइनसहितको “म्याकबुक अल्ट्रा”, एम ६ चिपयुक्त १४ इन्चको म्याकबुक प्रोको आधारभूत मोडेल र एम ६ चिपयुक्त आईम्याक पर्दछन्।

एप्पलले यसअघि नै एम ५ अल्ट्रा चिप र ५१२ जीबी र्यामसहितको उच्च-स्तरीय म्याक स्टुडियो कन्फिगरेसन “अक्टोबरको अन्त्यतिर” सार्वजनिक गर्ने घोषणा गरिसकेको छ।

यस अक्टोबरमा अपेक्षा गरिएको अर्को नयाँ उत्पादनमा ओएलईडी डिस्प्ले, ए२० प्रो चिप, ल्यान्डस्केप फ्रन्ट क्यामरा, परिमार्जित स्पिकर प्रणाली र अन्य विशेषताहरू सहितको नयाँ आईप्याड मिनी समावेश छ। यो डिभाइस अक्टोबर १३ मा नयाँ होम उत्पादनहरूसँगै, अक्टोबरको अन्तिम साता नयाँ म्याकहरूसँगै वा यस महिनाको अन्य कुनै समयमा सार्वजनिक गरिने हो भन्ने कुरा अझै स्पष्ट छैन।

समग्रमा भन्नुपर्दा, एप्पलले यस अक्टोबरमा दुई चरणमा उत्पादनहरू सार्वजनिक गर्ने योजना बनाएको देखिन्छ; र यो अक्टोबर २३, शुक्रबार सार्वजनिक हुने ‘आइफोन डुओ’ बाहेकको योजना हो।

प्रकाशित: २१ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार