काठमाडौं ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग स्विजरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा नेपाल र स्विजरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्य र सहयोग विस्तारका विषयमा छलफल भएको छ। सञ्चारमन्त्री डा. तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विजरल्यान्ड सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्य र सहयोग थप विस्तार सञ्चारमन्त्रीले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै यस क्षेत्रमा लगानी भित्र्याउन वातावरण सहज बन्दै गएको बताए।
वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिए। उनले सम्मेलनमा नेपालको तथा सम्बन्धित सरोकारवालाको प्राथमिकताबारे जानकारी लिएका थिए।
साथै उनीहरूबीच ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाका विषयमा पनि छलफल भएको थियो। हाल ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता र अनलाइन अधिकार प्रवर्द्धनमा सहकार्य गर्दै आएको छ।–रासस
प्रकाशित: २१ आश्विन २०८३, बुधबार