एआई र डिजिटल इन्जिनियरिङमा विश्वविद्यालयबीच सहकार्य आवश्यक छ: चन्द्रमणि पौडेल

  • Technology Khabar | २१ आश्विन २०८३, बुधबार
एआई र डिजिटल इन्जिनियरिङमा विश्वविद्यालयबीच सहकार्य आवश्यक छ: चन्द्रमणि पौडेल

काठमाडौं ।

बागमती विश्वविद्यालयका अधिकारीहरूले नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल इन्जिनियरिङको विकासका लागि विश्वविद्यालयहरूबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन्।

एभरेष्ट इन्जिनियरिङ कलेजले बुधबार आयोजना गरेको एआई कन्फ्रेन्स को उद्घाटन समारोहमा बागमती विश्वविद्यालयका चन्द्रमणि पौडेलले एआईले अनुसन्धान तथा शैक्षिक गतिविधिको दिशा नै परिवर्तन गरिरहेको बताए।

उनले एआई प्रविधिको विकाससँगै विश्वविद्यालयमा हुने अनुसन्धान, शिक्षण–सिकाइ तथा नवप्रवर्तनका गतिविधिलाई पनि नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।

‘एआई बाट हामीले गर्ने रिसर्च र शिक्षाका क्रियाकलाप निर्देशित भइरहेका छन्,’ पौडेलले भने, अब नेपालमा विश्वविद्यालयहरूबीच बलियो सहकार्य आवश्यक छ।

पौडेलका अनुसार एआई र डिजिटल इन्जिनियरिङमा केन्द्रित अनुसन्धान तथा नवप्रवर्तनले नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ। विश्वविद्यालय, अनुसन्धानकर्ता र प्रविधि क्षेत्रबीच सहकार्य विस्तार गर्न सके नेपालले एआईमा आफ्नो क्षमता विकास गर्न सक्ने उनको भनाइ थियो।

सम्मेलनमा एआई, डिजिटल प्रविधि तथा इन्जिनियरिङसँग सम्बन्धित ३९ वटा शोधपत्र प्रस्तुत गरिएको आयोजकले जनाएको छ। सम्मेलनले नेपालमा एआईसम्बन्धी अनुसन्धान, ज्ञान आदानप्रदान र विश्वविद्यालय तथा प्रविधि क्षेत्रबीच सहकार्यका लागि महत्वपूर्ण मञ्च प्रदान गरेको बताइएको छ।

पौडेलले एआईलाई केवल प्रविधिको विषयका रूपमा नभई शिक्षा, अनुसन्धान, नवप्रवर्तन र समग्र विकाससँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए।

प्रकाशित: २१ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार