कर्मचारीलाई कोभिड–१९ भएसँगै सूचना तथा प्रसारण विभागका सेवाहरु स्थगित

  • Technology Khabar | १७ बैशाख २०७८, शुक्रबार
कर्मचारीलाई कोभिड–१९ भएसँगै सूचना तथा प्रसारण विभागका सेवाहरु स्थगित

काठमाडौं ।

कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सूचना तथा प्रसारण विभागले आफ्ना सेवाहरु दिने कार्य स्थगित गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार जिल्लामा निषेधाज्ञा लागू भएको तथा विभागमै कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि विभागले आज विज्ञप्ती जारी गरी यही वैशाख १९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको हो ।

कर्मचारीलाई कोरोना पुष्टि भएको तथा निजसँग निकट सम्पर्कमा रहेका केही कर्मचारीलाई कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको जनाउँदै विभागबाट प्रदान गरिने पत्रकारको नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र जारीरनवीकरण, अनलाइन सञ्चार माध्यम नयाँ र पुनः दर्ता र नवीकरण र प्रसारणतर्फको सम्पूर्ण सेवा प्रवाह गर्दा बढी जनसम्पर्क हुने विभागको भनाइ छ ।

यसका साथै कोरोनाको बढ्दो सङ्क्रमणबाट सेवाग्राही तथा कर्मचारीलाई सम्भावित सङ्क्रमणबाट जोगाउन अर्को सूचना जारी नभएसम्मका लागि सेवा दिन  बन्द गरेको जनाएकोछ ।

विभागले प्रशारण  क्षेत्रका केहि कार्यहरु क्लिन फीडको अनुगमन तथा श्रमजीबी उजुरी लिने कार्य भने जारी राख्ने उल्लेख गरेको छ।

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • १७ बैशाख २०७८, शुक्रबार