ब्लु ओरिजिनले अन्तरिक्ष रकेटको टिकट किन्ने प्रक्रिया मे ५ मा सार्वजनिक गर्ने

  • Technology Khabar | १७ बैशाख २०७८, शुक्रबार
ब्लु ओरिजिनले अन्तरिक्ष रकेटको टिकट किन्ने प्रक्रिया मे ५ मा सार्वजनिक गर्ने

काठमाडौं ।

अमेजनका संस्थापक जेफ बेजोसको रकेट स्टार्ट अप कम्पनी ब्लु ओरिजिनले कम्पनीको न्यू शेफर्ड रकेटमा यात्राका लागि टिकट किन्ने प्रक्रिया आगामी मे ५ तारिख मंगलबार सार्वजनिक गर्ने बताएको छ।

उक्त अन्तरीक्ष पर्यटन रकेटले हालै परीक्षण उडान र अवतरणको एउटा श्रृङ्खला सफल रुपमा पूरा गरिसकेको छ। यसले केही दिनअघि मानवसहित र भित्र पुत्ला राखेर प्रक्षेपण परीक्षण सम्पन्न गरिसकेको छ।

न्यू शेफर्ड पृथ्वीबाट ६६ माइलमाथि रहेको पृथ्वीको वायुमण्डल र अन्तरिक्षको बीचमा पर्खालका रुपमा रहेको काम्रान लाइनलाई छिचोलेर बढीमा ६ जना यात्रु लिएर जानका लागि डिजाइन गरिएको हो।

ब्लु ओरिजिनले उक्त यात्राका लागि टिकट कहिले उपलब्ध हुने र त्यसको मूल्य कति पर्छ भन्ने खुलाएको छैन तर यसको वेबसाइटमा उक्त घोषणाको काउन्टडाउन राखिएको छ।

‘न्यू शेफर्डको सबैभन्दा पहिली सिट कसरी किन्न सकिन्छ भन्ने प्रक्रियाका लागि साइन अप गर्नुहोस्’, वेबसाइटमा भनिएको छ। यसका लागि चासो भएकाहरुले इमेल गर्नसक्ने बताइएको छ।

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • १७ बैशाख २०७८, शुक्रबार