क्वालकमले स्न्यापड्रागन चिपमा डिरेक्टएक्स १२ सपोर्ट थप्नसक्ने सम्भावना

  • Technology Khabar | १५ आश्विन २०८३, बिहीबार
क्वालकमले स्न्यापड्रागन चिपमा डिरेक्टएक्स १२ सपोर्ट थप्नसक्ने सम्भावना

काठमाडौं ।

क्वालकमले एन्ड्रोइडमा पीसी गेम इमुलेसनलाई सहज बनाउन आधिकारिक समाधान ल्याउने तयारी गरेको देखिएको छ। चिनियाँ एक यूट्युबरका अनुसार कम्पनीले आफ्ना स्न्यापड्रागन चिपमा डिरेक्टएक्स १२ को उचित सपोर्ट थप्न सक्छ।

यदि यस्तो भएमा एन्ड्रोइडमा पीसी गेम इमुलेट गर्न सहज हुने अपेक्षा गरिएको छ। ती यूट्युबरले स्न्यापड्रागन ८ एलिट जेन ६ भएको रेफरेन्स डिभाइसमा यसको परीक्षण गरेका थिए। उनले डिरेक्टएक्स १२ मोडमा ट्रान्सलेसन लेयरमार्फत साइबरपंक २०७७ र ब्ल्याक मिथ: वुकोङ सफलतापूर्वक चलाएका थिए।

जीएसएमएरिनाका अनुसार क्वालकमले आफ्नो पछिल्लो र उच्च क्षमताका चिपबाहेक अन्य सिस्टम अन चिप (एसओसी) मा पनि यो सुविधा ल्याउने हो कि होइन भन्ने स्पष्ट छैन।

त्यस्तै, स्न्यापड्रागन ८ एलिट जेन ६ र स्न्यापड्रागन ८ एलिट एक्स्ट्रिम जेन ६ मा यो सुविधा ड्राइभर अपडेटमार्फत उपलब्ध गराइने हो कि होइन भन्ने पनि स्पष्ट छैन। यस्तो अपडेट स्मार्टफोन निर्माता कम्पनीहरूमा निर्भर हुन सक्ने बताइएको छ।

यस विषयमा आगामी केही हप्ता र महिनामा थप जानकारी आउने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार