जीडीपीमा सूचना प्रविधि तथा सञ्चार क्षेत्रको योगदान घट्दो

  • Technology Khabar | १७ बैशाख २०७८, शुक्रबार
जीडीपीमा सूचना प्रविधि तथा सञ्चार क्षेत्रको योगदान घट्दो

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७७।७८ मा करिब ३७ प्रतिशतले खुम्चिने देखिएको सूचना प्रविधि तथा सञ्चार क्षेत्रको योगदानमा समेत कमी आएको छ ।

केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको चालु आवको देशको आर्थिक गतिबिधि बारेको प्रतिवेदनअनुसार कुल ग्रार्हस्थ उत्पादन(जीडीपी)मा सूचना प्रविधि तथा सञ्चार क्षेत्रको योगदान झिनो मात्राले कम देखिएको हो।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०७७।७८ मा सूचना प्रविधि तथा सञ्चार क्षेत्रको हिस्सा २.१७ प्रतिशत मात्र रहेको छ । यसअघि आर्थिक वर्ष २०७६।७७ मा यस्तो योगदानको हिस्सा २.२३ प्रतिशत रहेको थियो ।

त्यसैगरि पेशागत वैज्ञानिक र प्राविधिक क्रियाकलापहरुले कुल ग्रार्हस्थ उत्पादनमा १.०६ प्रतिशतको योगदान दिएको छ । यस्तो योगदान अघिल्लो आवमा १.०६ प्रतिशत मात्र थियो।

विभागकाअनुसार पेशागत वैज्ञानिक र प्राविधिक क्रियाकलापहरुको क्षेत्र अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७७।७८ मा २.३२ प्रतिशतले बढने अनुमान छ ।

प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १७ बैशाख २०७८, शुक्रबार