गुगलको पिक्सेल ६ मा कम्पनीको आफ्नै चिपसेट ह्वाइटच्यापल प्रयोग गरिने

  • Technology Khabar | २२ चैत्र २०७७, आईतवार
गुगलको पिक्सेल ६ मा कम्पनीको आफ्नै चिपसेट ह्वाइटच्यापल प्रयोग गरिने

काठमाडौं ।

गुगलको आगामी फोन अनुमानित नाम ‘पिक्सेल ६’ ह्वाइटच्यापल चिपमा चल्ने गुगलको पहिलो डिभाइस मध्ये एक हुनेछ।

गत वर्ष कम्पनीको आम्दानी कलको अवधिमा गुगलका सीईओ सुन्दर पिचाईले हार्डवेयरमा केही गहिरो लगानी गर्ने बताएका थिए र २०२१ मा ‘भयानक रोडम्याप’ अगाडि बढेको थियो। धेरैले यसअघि देखि नै गुगलले उनीहरूको प्रोसेसरहरू विकास गर्नेछ भन्ने कुराको अनुमान गरेका थिए।

९ टू ५ गुगलको नयाँ रिपोर्टले सुझाव दिएअनुसार आउँदो जेनरेशनको पिक्सेल ६ पोर्टफोलियोमा इनहाउस चिप पाउनेछन् । पिक्सेल स्मार्टफोन दायरा बाहेक, गुगलले आफ्नो क्रोमबुक रेन्जमा आफ्नै एसओसीहरू पनि समावेश गर्ने आशा गरिएको छ।

गुगलले अर्को कम्पनी सामसङको साथ ह्वाइटच्यापल स‌युक्तरुपमा विकास गरिरहेको छ, जसको एक्सनोज चिप्स एन्ड्रोइड बजारमा स्न्यापड्रागन प्रोसेसरको प्रतिस्पर्धी रहेको छ।

प्रकाशित: २२ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार