देशभरमा माटोका लागि डिजिटल म्यापिङ तयार

  • Technology Khabar | १० फाल्गुन २०७७, सोमबार
देशभरमा माटोका लागि डिजिटल म्यापिङ तयार

काठमाडौं ।

कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले देशैभरिको माटोलाई विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) गर्ने काम सकाएको छ । अब जुनसुकै कुनाको माटोबाट जानकारी लिन कम्प्युटरमा एक क्लिक गरे पुग्छ । यसको औपचारिक उद्घाटन फागुन १२ गते गर्ने भएको छ।

माटोको विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) लाई प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले उद्घाटन गर्ने कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकहरूले आइतबार मन्त्रालयमा सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ।

यो विद्युतीय नक्सा तयार भएपछि प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुुमा एक क्लिक गरेपछि त्यहाँको माटोको गुणस्तरबारेमा जानकारी पाउन सकिने गरी नक्साङ्कन तयार गरिसकेको छ । हालसम्म ५७ वटा जिल्लाबाट २३ हजार नमुना सङ्कलन गरेर त्यसको विश्लेषण भइसकेको छ ।

माटो परीक्षण सेटेलाइटमार्फत भएको अन्तर्राष्ट्रिय मल विकास केन्द्रका माटो वैज्ञानिक डा. यम गैरेले बताए ।

यो नक्साङ्कन तयार गर्न देशभरका विभिन्न ठाउँबाट २३ हजार नमुना सङ्कलन गरिएको छ । यो माटोसम्बन्धी विद्युतीय नक्साङ्कन लागि सार्क मुलुकमै नेपाल नै पहिलो देश भएको छ । सिमेटको प्राविधिक सहयोग र यूएएआईडीको आर्थिक सहयोगमा नेपाल सिड एन्ड फर्टिलाइजर आयोजनाले यो विद्युतीय नक्सा तयार गरेको हो । गोरखापत्रबाट

प्रकाशित: १० फाल्गुन २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...