गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई सञ्चार मन्त्री गुरुङको निर्देशन

  • Technology Khabar | २१ कार्तिक २०७७, शुक्रबार
गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई सञ्चार मन्त्री गुरुङको निर्देशन
फाइल

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।

सञ्चार मन्त्रालयको जिम्मेवारीमा भएपछि पहिलो पटक बिहीबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयको अनुगमन गर्ने क्रममा उनले सो निर्देशन दिएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सेवाग्राहीको चाहना र निजी क्षेत्रसँगको प्रतिस्पर्धामा अग्रणी रहिरहन नेपाल टेलिकमले सबैभन्दा गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रदान गर्नैपर्ने बताए ।

मन्त्रालयसँग गरिएको कार्य सम्पादन सम्झौताअनुसार हरेक वडा तहसम्म इन्टरनेट सेवा विस्तारमा ढिलाई नगर्न पनि उनले सचेत गराएको उनको प्रेस संयोजक सन्तोष खडकाले जानकारी दिए।

ग्राहकको चाहनालाई ध्यानमा राखेर सबैभन्दा सस्तो र गुणस्तरीय सेवा नदिए नेपाल टेलिकमले निजी क्षेत्रसँगको प्रतिपर्धामा आफूलाई अग्रणी कायम राखिरहन नसक्ने मन्त्री गुरुङले सुझाव दिए ।

सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गर्ने योजना कार्यान्वयनको काममा केन्द्रीत हुन पनि टेलिकमका पदाधिकारीहरुलाई उनले सचेत गराए ।

‘समृद्ध नेपाल सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न नेपाल टेलिकमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुहुँदै मन्त्री गुरुङले सेवाग्राहीको हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधि अघि बढाउन नेपाल टेलिकममा आवद्ध कर्मचारी संघ, संगठनलाई निर्देश गरे ।

उनले नेपाल टेलिकमको सेवालाई अब्बल बनाउन विभागीय प्रमुखहरुले नयाँ कार्य योजनाका साथ अघि बढन निर्देश गरे। मन्त्री गुरुङले सरकारी संस्थाहरु भ्रष्टाचार लगायतका गलत कार्यका कारण धरासायी बन्दैगएकाले त्यसो हुन नदिने दृढता व्यक्त गरे।

सो अवसरमा मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा खुसीयाली आउने गरी काम गर्न टेलिकमका कर्मचारीहरुलाई आग्रह गरे ।

प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको विगत, वर्तमान र भावी योजनाबारे ‘ब्रिफिङ’ गरेका थिए । आजको गोरखापत्रबाट

प्रकाशित: २१ कार्तिक २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

मोटोरोला मोटो जी४७ घोषणा

  • २१ कार्तिक २०७७, शुक्रबार

China explores, develops better datasets for smarter digital future

  • २१ कार्तिक २०७७, शुक्रबार

Govt focuses on safe, inclusive and sustainable digital ecosystem: Minister Timilsina

  • २१ कार्तिक २०७७, शुक्रबार

Meta raises specter of shutting down service to New Mexico in legal clash over child safety

  • २१ कार्तिक २०७७, शुक्रबार