इन्टरनेट एक्सप्लोरर बन्द गर्दै माइक्रोसफ्ट, अब क्रोमियममा आधारित एज प्रयोग गर्नुहोस्

  • Technology Khabar | २१ कार्तिक २०७७, शुक्रबार
इन्टरनेट एक्सप्लोरर बन्द गर्दै माइक्रोसफ्ट, अब क्रोमियममा आधारित एज प्रयोग गर्नुहोस्

काठमाडौं ।

टेक जायन्ट माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर बन्द गर्ने काम गरीरहेको छ। कम्पनीले पुरानो इन्टर्नेट एक्स्प्लोररलाई बदल्नको लागि यसको क्रोमियममा आधारित एज ब्राउजरमा जोड दिइरहेको छ।

गत हप्ता, माइक्रोसफ्टले घोषणा गर्‍यो कि इन्टरनेट एक्सप्लोररले प्रयोगकर्ताहरूलाई एजमा पुनःर्निर्देशन गर्न थाल्नेछ । यसका साथमा वेबसाइटहरूको सूची जारी गर्नेछ जसले प्रयोगकर्ताहरूलाई एजमा पुनःनिर्देशित गर्दछ।

ती वेबसाइटहरूमध्ये माईक्रोसफ्ट टिम्सले अग्रणी स्थान लिनेछ। इन्टरनेट एक्सप्लोररले अझै पनि कुल वेब ट्राफिकको ५ प्रतिशत हिस्सा लिईरहेको सन्दर्भमा धेरै मानिसहरू क्रोमियममा आधारित एज ब्राउजरमा पुनःनिर्देशित भएकोमा चकित हुनेछन्।

माइक्रोसफ्टले गएको अगस्टमा भनेको थियो कि नोभेम्बर ३० देखि इन्टरनेट एक्सप्लोररले टिम्सलाई सपोर्ट गर्न रोकिनेछ।

यस बाहेक कम्पनीले गत महिना युट्यूब, ट्वीटर, इन्स्टाग्राम, गूगल, माईक्रोसफ्ट टिम्सका धेरै उत्पादनहरू इन्टर्नेट एक्सप्लोररबाट एजमा पुनःनिर्देशित हुने कुरा पनि भनेको थियो।

यो परिवर्तन माइक्रोसफ्ट एजको संस्करण ८७ मा हुनेछ र यो नोभेम्बरको तेस्रो हप्तामा आउँदैछ।

माइक्रोसफ्टले लगभग १,१५६ वेबसाइटहरूमाइक्रोसोफ्ट विन्डोज कम्प्युटरमा स्वचालितरुपमा लन्च गर्ने योजना बनाएको छ।

अहिले धेरै विन्डोज पीसीहरू धेरै इन्टरनेट एक्सप्लोरर ११ रहेको छ। तर ब्राउजरले विन्डोज १० बाट कुनै पनि नयाँ सुविधाहरू वा सफ्टवेयर निकै कठिनले अद्यावधिक लिन्छ।

माइक्रोसफ्टकाअनुसार एक्सप्लोरर ११ बाट माइक्रोसफ्ट एजमा वेबसाइटहरूको रिडाइरेक्सनको कार्य आईटो आईड्ज बीएचओ ( IEtoEdge BHO) नामको इन्टरनेट एक्सप्लोरर ब्राउजर हेल्पर अब्जेक्टबाट हुनेछ।

यदि कुनै वेबसाइटहरु आईई ११ मा ब्राउजरसँग अमिल्दो फेला पर्‍यो भने, बिएचओ कोडिंगले स्वचालित रूपमा प्रयोगकर्ताहरूलाई क्रोमियममा आधारित एजमा पुनःनिर्देशित गर्दछ, तर यस समयमा ब्राउजरको इन्कम्प्याटिबिलिटी टेक्स्ट देखा पर्नेछ। एजेन्सी

प्रकाशित: २१ कार्तिक २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

मोटोरोला मोटो जी४७ घोषणा

  • २१ कार्तिक २०७७, शुक्रबार

China explores, develops better datasets for smarter digital future

  • २१ कार्तिक २०७७, शुक्रबार

Govt focuses on safe, inclusive and sustainable digital ecosystem: Minister Timilsina

  • २१ कार्तिक २०७७, शुक्रबार

Meta raises specter of shutting down service to New Mexico in legal clash over child safety

  • २१ कार्तिक २०७७, शुक्रबार