
काठमाडौं ।
गूगलको बिरूद्ध भारतमा नयाँ एन्टिट्रष्टको मामला आएको छ। दुई वकिल र केससँग सम्बन्धित स्रोतद्वारा उपलब्ध गराइएको जानकारीका अनुसार गूगलले स्मार्ट टेलिभिजन बजारमा आफ्नो एन्ड्रोइड अपरेटिग प्रणालीको उपस्थितिको दुरुपयोग गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
भारतीय प्रतिस्पर्धा आयोग (सीसीआई) ले उजुरीमा अनुसन्धान गर्दैछ। एन्टिट्रष्ट वकिल क्षितिज आर्य र पुरुषोत्तम आनंदले सीसीआईमा गुनासो पेश गरेका थिए। गूगलको बिरूद्धमा यो मुद्दा भारतको चौथो सबैभन्दा ठूलो एन्टिट्रष्टको मामला हो।
दुबैले स्मार्ट टेलिभिजन बजारको अनुचित फाइदा लिएको भन्दै गूगल विरूद्ध मुद्दा हालेको पुष्टि गरे तर उनीहरूले कुनै थप जानकारी दिन अस्वीकार गरे।
जानकारीका अनुसार यदि कुनै टिभी निर्माताले गूगलको अपरेटिग प्रणाली प्रयोग गर्न चाहन्छ भने यसले केही सम्झौता गर्नुपर्नेछ। यी सम्झौताहरू कुनै पनि अन्य डिभाइस निर्माण गर्न प्रतिबन्धित छ, चाहे त्यो टेलिभिजन, फोन वा अरू जे होस्।
गूगलले स्मार्ट टिभीहरूमा एकाधिकार गर्न एन्ड्रोइडको प्रभुत्व प्रयोग गरेको बताईएको छ।
हाल गूगल प्रवक्ताले यस विषयमा केही पनि बोल्न अस्वीकार गरेका छन्।
गूगलमाथि आरोप छ कि जून कम्पनीहरूले यसको एन्ड्रोइड प्रणालीको आधारमा स्मार्टफोनहरू बिक्री गर्दछन्, उनीहरूले गूगलको प्रतिद्वन्द्वी कम्पनीहरूको अपरेटिङ्ग प्रणालीमा आधारित स्मार्ट टिभीहरू बेच्न सक्दैनन्।
यस बाहेक, यदि कम्पनीले गूगलको प्रतिद्वन्द्वी अमेजनको फायर अपरेटिङ्ग प्रणालीमा आधारित स्मार्ट टिभी बेच्दै छ भने, यसले गूगल प्ले स्टोर एप्स वा गुगल म्याप्सहरू आफ्ना ग्राहकहरूलाई उपलब्ध गराउन सक्दैनन्। एजेन्सी
प्रकाशित: २२ आश्विन २०७७, बिहीबार