नयाँ आईफोन एसई अर्को सातादेखि नेपालमा उपलब्ध हुने, यस्तो छ बजेट आईफोनको मूल्य

  • Technology Khabar | २३ असार २०७७, मंगलवार
नयाँ आईफोन एसई अर्को सातादेखि नेपालमा उपलब्ध हुने, यस्तो छ बजेट आईफोनको मूल्य

काठमाडौं ।

एप्पलको लागि नेपालमा आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले आईफोन एसई २०२० यहि जुलाईको मध्यदेखि नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

नेपालमा कम्पनीले आईफोन एसई २०२० का साथै आईप्याड २०२० र म्याकबुक प्रो १३ इन्चसमेत लन्च गर्ने भएको हो ।

एप्पलले केहि महिनाअघि विश्व बजारमा लन्च गरेको आईफोन एसईलाई बजेट आईफोनको रुपमा लिने गरिन्छ । यो सन् २०१५ मा लन्च भएको

आईफोन एसईको अपग्रेड भर्सनको रुपमा एप्पलले गएको बैशाखमा विश्वभर लकडाउनका बिच बजारमा ल्याएको हो ।

नेपालमा मध्य जुलाईदेखि खरिदका लागि उपलब्ध हुने आईफोन एसई ६४ जीबी, १२८ जीबी र २५६ जीबी भर्सनमा उपलब्ध हुने कम्पनीका निर्देशक निकिता भिमसरियाले जानकारी दिईन् ।

उनले  नियमित हवाई यातायात नचलेको र डलरको मूल्य समेत बढेको हुँदा नेपालमा केहि महँगो परेको बताईन् ।

‘हाल नियमितरुपमा प्लेन नचलेको हुँदा सकेसम्म छिटो ल्याउने र लन्च गर्ने योजना छ । सकेसम्म जुलाई दोस्रो र तेस्रो साताभित्र लन्च गर्ने प्रयासमा छौं,’ उनले भनिन् ।

जेननेक्स्टले आईफोन एसईको सबैभन्दा सस्तो भर्सनको मूल्य ६८ हजार ५०० रुपैयाँ तोकेको छ भने १२८ जीबी भर्सनको मूल्य ७६ हजार ५०० रुपैयाँ तोकेको छ । त्यसैगरि २५६ जीबी आईफोन एसईको मूल्य ९२ हजार ५०० रुपैयाँ तोकेको छ ।Apple iPhone

त्यसैगरि कम्पनीले नयाँ आईप्याड २०२० पनि नेपालमा लन्च गर्ने भएको छ । यसका साथै आईप्याड छैटौं जेनेरेशन र सातौं जेनेरेशन समेत ल्याउने भएको छ ।

जेननेक्स्टले अहिले नेपाली बजारमा आईफोन ११ सिरिज बिक्री गरिरहेको छ भने कम्पनीसँग आईफोन सेभेन प्लस समेत रहेको छ ।

Personal Computer

कम्पनीले म्याकबुक प्रो तर्फ १३ इन्चको नयाँ म्याकबुक प्रो बजारमा उपलब्ध गराएको छ । जसमा १२८ जीबी स्टोरेज तथा २४६ जीबी स्टोरेज अप्सन रहेको छ । यी म्याकबुक प्रो १३ को मूल्य क्रमश १ लाख ६५ हजार रुपैयाँ तथा १ लाख ७८ हजार रुपैयाँ तोकिएको छ ।

यो पनि हेर्नुस्-

एप्पलको सबैभन्दा सस्तो बजेट मूल्यको आईफोन एसई लन्च, ३९९ अमेरिकी डलरमा नै किन्न पाईने

प्रकाशित: २३ असार २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...