Apple

एप्पलको सबैभन्दा सस्तो बजेट मूल्यको आईफोन एसई लन्च, ३९९ अमेरिकी डलरमा नै किन्न पाईने

एप्पलको सबैभन्दा सस्तो बजेट मूल्यको आईफोन एसई लन्च, ३९९ अमेरिकी डलरमा नै किन्न पाईने
आईफोन एसई २०२०
Global IME Bank

एप्पलले आफ्नो बजेट आईफोनको रुपमा आईफोन एसई आज लन्च गरेको छ । यसअघि विभिन्न रिपोर्टहरुमा आज वा अर्को साता लन्च हुने चर्चाका बिच कम्पनीले अप्रिल १५ मा नै लन्च गरेको हो ।

यो आईफोन कम्पनीको अहिलेसम्मकै सबैभन्दा सस्तो र बजेट आईफोन हो ।

सन् २०१६ मा लन्च भएको आईफोन एसईको अपग्रेड भर्सनको रुपमा कम्पनीले यसलाई सार्वजनिक गरेको हो । आईफोन एसई कम्पनीले आफ्नो अनलाईनमा पनि लिस्टेड गरेको छ भने प्रेस विज्ञप्तिमार्फत लन्च गरेको जानकारी दिएको छ ।

यसअघि पनि कम्पनीले आईप्याड, म्याकबुक लगायतका डिभाइसहरु प्रेस विज्ञप्तिमार्फत मात्र लन्च गरेको थियो ।

कम्पनीले यसलाई मस्ट अफोर्डेबल र बेस्ट सिङ्गल क्यामरा सिस्टम आईफोनको रुपमा व्याख्या गरेको छ ।

‘नयाँ पुस्ताको आईफोन एसई उच्चतम विचारहरु र सुधारहरुको आधारमा तयार भएकोछ । जसमा उत्कृस्ट फोटोहरु र भिडियोहरुको लागि सिंगल क्यामरा सिस्टम समाबेश गरिएको छ। जबकी यो अझै सूपथ मूल्यमा उपलब्ध छ,’ एप्पलका वर्ल्डवाईड मार्केटिङ्गका सिनियर भाइस प्रेसिडेन्ट फिल शिलरले भने ।

आईफोन एसई अप्रिल २७ शुक्रबारदेखि  प्रिअर्डरको लागि उपलब्ध हुनेछ भने अप्रिल २४ शुक्रबारदेखि अमेरिका र अन्य ४० देशका बजारमा किन्न पाईनेछ ।

बजेट आईफोन भनेर चिनिने र सबैभन्दा सस्तो मूल्यमा आएको आईफोन एसई यसअघिको आईफोन ८  को डिजाइनमा आएको छ । यसमा ४.७ इन्चको रेटिना एचडी डिस्प्लेका साथमा ट्रू टोन कलर छ जसले एचडीआर १० प्ले ब्याक सपोर्ट गर्दछ । यसमा वायरलेस चार्जिङ्गको लागि पछाडि ग्लास प्यानल राखिएकोछ ।

फोनमा होम बटन राखिएको छ र यसमा फिजिकल क्यापासिटिभ टच आईडी सेन्सर रहेको छ ।

त्यसैगरि यसमा एप्पलको आफ्नै ए१३ बायोचीप प्रयोग गरिएको छ ।  यो चीपसेट यसअघि कम्पनीले फ्ल्यागशिप आईफोन ११ सिरिजमा प्रयोग गरिसकेको छ । जसलाई कम्पनीले सबैभन्दा तिब्रगतिको प्रोसेसर भनेर दाबी गरेको छ ।

Most Affordable iPhone

फोनमा वायरलेस चार्ज सपोर्ट रहेको छ भने फास्ट चार्जरबाट केबल ३० मिनेटमा ५० प्रतिशत चार्ज हुनेछ ।

यो नयाँ आईफोन एसई ६४ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज अप्सनमा उपलब्ध रहेकोछ ।

आईफोन एसईमा वाईफाई ६ तथा गीगाबाइट एलटिई लाइट्निङ्ग छ भने ईसिमका साथमा ड्यूल सिम सपोर्ट राखिएको छ ।

एप्पलले यसमा १२ मेगापिक्सेल भएको सिंगल क्यामरा सिस्टम राखेको छ । जसमा पोट्रेट मोड, सिक्स पोट्रेट लाइटिङ्ग इफेक्टस र डेप्थ कन्ट्रोल फीचर राखेको छ । रियर क्यामराले ४के भिडियो खिच्न सक्दछ ।

आईफोन एसई ब्ल्याक, ह्वाईट र प्रडक्ट रेड कलर अप्सनमा उपलब्ध हुनेछ ।

यो फोनको शुरुवाती मूल्य ३९९ डलरबाट शुरु भएको छ भने १२८ जीबी स्टोरेजको मूल्य ४४९ डलर तथा २५६जीबीको मूल्य ५४९ डलर राखिएको छ ।

https://www.youtube.com/watch?v=SQIbeAk-bFA&pbjreload=10

Sajilo Visa
easy care