अमेरिका ह्वावे टेक्नोलोजीज प्रति आफ्नो अडानमा नरम, ५जी मानकमा सहकार्यको अनुमति

Technology Khabar ३ असार २०७७, बुधबार

काठमाडौं ।

संयुक्त राज्य अमेरिका र चिनियाँ टेलिकम जायन्ट हुवावे टेक्नोलोजीजबीचको बिबादले एक अप्रत्याशित मोड लिएको छ। जसअन्तरगत अमेरिकी वाणिज्य विभागले अमेरिकी कम्पनीहरूलाई ह्वावेसँग केहि निश्चित तहमा सहकार्य गर्न दिने घोषणा गरेको छ ।

हुवावे संस्थाको कालोसूचीमा रहने छ, तर अब संशोधनले अमेरिकी कम्पनीहरूलाई चिनियाँ टेलिकम कम्पनीका लागि अमेरिकी टेक्नोलोजी खुलासा गर्न अनुमति दिनेछ ।

यदि सहकार्य ५जी प्रविधिको मापदण्डको विकासको लागि हो भने अमेरिकी कम्पनीहरूलाई इजाजतपत्रको आवश्यकता पर्नेछैन् ।

अमेरिकी वाणिज्य विभागले यो संशोधनमा पनि  ह्वावे विभागको प्रतिबन्धित सूचीमा रहने सुनिश्चित गरेको छ, तर मापदण्ड निर्धारण गर्ने संस्थाहरुमा ह्वावेको व्यापक सहभागिताका साथ अमेरिकी कम्पनीहरुलाई नयाँ प्रविधिको मापदण्ड निर्धारण गर्नका लागि कुनै रोकावट नगर्ने उल्लेख गरेको छ ।

अमेरिकी वाणिज्य विभागका विल्बर रसले भने, ‘संयुक्त राज्य अमेरिकाले विश्वव्यापी नवीनतामा नेतृत्वलाई रोक्दैन्। यो कार्यले हाम्रो अमेरिकालाई अगाडी बढाउनका लागि आर्थिक र राष्ट्रिय सुरक्षा संरक्षण गर्न महत्त्व दिनेछ।’

दूरसञ्चार उद्योगमा, ५जी, वा पाँचौं-पुस्ता वायरलेस नेटवर्कहरूले उच्चगतिको भिडियो ट्रान्समिशनदेखि सेल्फ ड्राइविंग कारहरूसम्मका हरेक चिजहरुलाई उर्जा प्रदान गर्ने आशा गरिन्छ। एजेन्सीका साथ

प्रकाशित: ३ असार २०७७, बुधबार

तपाइको प्रतिक्रिया