आर्थिक समाचार

ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरण किन्न लक्ष्मी बैंकले ऋण दिने

ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरण किन्न लक्ष्मी बैंकले ऋण दिने
Global IME Bank

लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरु किन्नको लागि सुपथ व्याजदरमा शतप्रतिशत कर्जा दिने भएको छ ।

विद्यालय तथा कलेजहरुमा अनलाइन कक्षा सञ्चालन गर्ने तथा व्यवसायी तथा कर्मचारीहरुले घरबाटै काम गर्ने अवधारणाको विकास भएकाले बैंकले अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै उक्त योजना ल्याएको हो ।

कोभिड-१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम गर्नुपर्ने नयाँ वातावरणको सिर्जना भएको छ ।

यो सुविधा अन्तर्गत योग्य ग्राहकहरुलाई खरिद मूल्यको १०० प्रतिशतसम्मको कर्जा शून्य प्रतिशत शुल्क तथा न्युनतम १२ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने बैंकले जनाएको छ ।

यो सुविधा हाल एसर, एप्सन, डेल तथा एप्पल ब्राण्डका ल्यापटप तथा कम्प्युटर उपकरणहरुमा उपलब्ध छ । ग्राहकहरुलाई थप छनौटको सुविधा दिन निकट भविष्यमा नै अन्य ब्राण्डहरु पनि थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Sajilo Visa
easy care