ट्विटरले मेसेजमार्फत ट्वीट गर्ने फीचरमा रोक लगायो, एसएमएस फीचरमा सुरक्षा त्रुटि

  • Technology Khabar | १७ बैशाख २०७७, बुधबार
ट्विटरले मेसेजमार्फत ट्वीट गर्ने फीचरमा रोक लगायो, एसएमएस फीचरमा सुरक्षा त्रुटि

काठमाडौं ।

माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले सुरक्षा कारणका कारण धेरै देशहरूमा मेसेजमार्फत ट्वीट गर्न सकिने सुबिधालाई बन्द गरेको छ। प्रतिवेदनका अनुसार एसएमएस फीचरमा त्रुटिहरू फेला परेपछि कम्पनीले प्रयोगकर्ताहरूको खाता सुरक्षित गर्न यो निर्णय गरेको हो।

यद्यपि यो प्रतिबन्ध केहि देशहरूमा मात्रै सीमित छ। अझैपनि धेरै देशहरूमा, टेक्स्ट मेसेजबाट ट्वीट गर्न सकिने सुबिधा उपलब्ध छ। गत हप्ता, कम्पनीले एसएमएस मार्फत नयाँ ट्वीटहरू प्राप्त गर्ने सुविधा बन्द गरेको थियो।

सोमबार, माइक्रोब्लगिङ्ग प्लेटफर्म ट्विटरले आफ्नो स्टेटमेन्टमा एसएमएस फीचरमा धेरै त्रुटिहरू भेटेको बताएको छ।

‘त्यसपछि हामीले एसएमएसमार्फत ट्वीट गर्ने फीचर प्रयोगकर्ताहरूको खाता सुरक्षित गर्नको लागी विच्छेद गर्ने निर्णय गरेका छौं। यद्यपि यो सुविधा केहि देशहरूमा काम गर्ने छैन्,’ कम्पनीले भन्यो ।

अधिकांश प्रयोगकर्ताहरूले वेबसाइट वा एप प्रयोग गर्छन् त्यसैले धेरै प्रयोगकर्ताहरूले यो सुविधा प्रयोग नगरेको कम्पनीको भनाई छ । तर जसले यसलाई प्रयोग गर्छन् उनीहरूले धेरै समस्या भोगिरहेका थिए र यसका बारेमा धेरै गुनासोहरू पाईरहेको थियो।

यो सुविधालाई पनि यसको मूल १४० क्यारेटर सीमाको साथ कम्पनीद्वारा शुरू गरिएको थियो। यसमा नयाँ ट्वीटहरू एसएमएसमार्फत गर्ने सुबिधाका साथै ट्वीट पनि पढ्न सकिन्छ।

गत वर्ष सेप्टेम्बरमा पनि कम्पनीले यो फीचरलाई अस्थाईरुपमा बन्द गरेको थियो । एजेन्सी

प्रकाशित: १७ बैशाख २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार