पबजी अनलाइन गेम अब गूगल स्टाडियामा उपलब्ध, प्रो सब्सक्राईबरका लागि निशुल्क

  • Technology Khabar | १७ बैशाख २०७७, बुधबार
पबजी अनलाइन गेम अब गूगल स्टाडियामा उपलब्ध, प्रो सब्सक्राईबरका लागि निशुल्क

काठमाडौं ।

नेपालसहित विश्वभर लोकप्रिय रहेको ब्याटल अनलाइन गेम पबजी अब गूगलको स्टाडियामा समेत उपलब्ध भएको छ । गूगलको स्ट्रिमिङ्ग प्लेटफर्ममा विभिन्न किसिम र तहका टाइटलहरु रहेका छन जसमा फ्रि टायर पनि रहेको छ । जसमा पबजीलाई जोडिएको हो ।

यो मल्टिप्लेयर सुटर गेम गूगलको स्टाडिया प्रो ग्राहकहरुका लागि निशुल्क उपलब्ध हुनेछ ।

प्लेयर अननोनन्स ब्याटलग्राउण्डस एउटा ब्याटल रोयल गेम हो जहाँ १०० प्लेयरहरुलाई एउटा टापुमा छोडिन्ट र त्यसमध्ये अन्तिमसम्म रहने व्यक्ति वा टिम बिजयी हुने गर्दछ ।

स्टाडियामा पबजीको बेस गेम २९.९९ डलरमा किन्न सकिन्छ भने यसको पायोनियर एडिसनले भने सर्भाइभर पासअन्तरगत कोल्ड फ्रन्ट, स्टाडिया एक्सक्लूसिभ प्रिमिय सेट छ जसलाई ३९.९९ डलर पर्दछ ।

स्टाडियामा राखिएको पहिलो क्लिक टू प्ले गेमअन्तरगत पबजी ल्याईएको छ । यो प्लेटफर्मले यूजर्सलाई तत्काल गेम लन्च गर्न, होम स्क्रीनलाई बाईपास गर्ने सुबिधा दिन्छ ।

यो गूगलको क्लाउड गेमहरुलाई यूआरएलमा क्लिक गरेर सिधै खेल्न सकिने बनाउने उद्धेश्यको एक भाग हो । एजेन्सी

प्रकाशित: १७ बैशाख २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...