
काठमाडौं ।
काठमाडौं । चिनियाँ शर्ट भिडियो शेयरिंग प्लेटफर्म टिकटकले यूजर प्रोफाइलको डिजाइन इन्स्टाग्रामको जस्तै बनाउने भएको छ ।
टिकटकले हाल परीक्षण गरिरहेको सो डिजाइन हेर्दा फेसबुकको अधिनमा रहेको फोटो तथा भिडियो शेयरिंग प्लेटफर्म इन्स्टाग्रामको जस्तै देखिनेछ ।
टिकटकका प्रवक्ताले कम्पनीले सँधै टिकटकमा यूजर एक्सपेरियन्सलाई सुधार गर्न ध्यान दिईरहेको बताएका छन् ।
रिपोर्टअनुसार नयाँ प्रोफाइलमा फलो काउन्टलाई सिफ्ट गरेर देब्रे राखिएको छ भने यूजरको बायोलाई थप स्थान दिईएको छ ।
यसकाअतिरिक्त टिकटकले लिमिटेड मात्रामा यूजरले लिंकहरु ईकमर्श साइटहरुमा उनीहरुको प्रोफाइललाई जोड्नसक्ने परीक्षण समेत गरिरहेकोछ ।
हाल टिकटकमा १.५ अर्ब डाउनलोड विश्वभर भएको छ जसमध्ये ३१ प्रतिशत यूनिक डाउनलोड भएको बताईएको छ । टिकटकले २०१९मा भारतमा सबैभन्दा धेरै डाउनलोड प्राप्त गरेको थियो । एजेन्सी
प्रकाशित: २२ माघ २०७६, बुधबार