राष्ट्रिय वाणिज्य बैंकमा ट्राफिक संचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

  • Technology Khabar | १ पुष २०७६, मंगलवार
राष्ट्रिय वाणिज्य बैंकमा ट्राफिक संचेतना सम्बन्धि कार्यक्रम सम्पन्न

काठमाडौं ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक संचेतना कार्यक्रम अन्तर्गत ट्राफिक संचेतना नेपाल प्रहरीका पूर्व ट्राफिक प्रहरी निरिक्षक एवं ट्राफिक भोलिन्टीयर सिताराम हाछेथुबाट प्रदान गरिएको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाको लागि विभिन्न कार्यक्रम मार्फत ध्यान दिईरहेको बताए । प्रशिक्षक हाछेथुले अडियोभिडियोमार्फत ट्राफिक नियमबारे प्रशिक्षण दिएका थिए ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचलन गरिएको संचेतना कार्यक्रम दैनिक अस्त व्यस्त बन्दै गईरहेको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनको लागि बैंकका केन्द्रीय कार्यालय परिसरमा कार्यरत कर्मचारीहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको होे ।

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख लगायत कर्मचारीहरुको उपस्थिती रहेको बैंकले जनाएको छ ।

प्रकाशित: १ पुष २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

AED installed at Bishal Bazar to strengthen community emergency response

  • Technology Khabar
  • १ पुष २०७६, मंगलवार