भीभो आफ्नो नयाँ ‘जोभीओएस’ लन्च गर्न तयार, भीभो एक्स३० सिरिज स्मार्टफोनका साथमा आउने

Technology Khabar १३ मंसिर २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी भीभोले आफ्नो नयाँ यूजर इन्टरफेस लन्च गर्ने तयारी गरेको छ । कम्पनीले यसअघि सन् २०१४ देखि भीभो फोनहरुका लागि फनटचओएस डिफल्ट एन्ड्रोयड यूजर इन्टरफेसको रुपमा राख्दै आएको थियो । तर अब भने कम्पनीले नयाँ यूआई लन्च गर्ने भएको हो ।

कम्पनीले ल्याउने नयाँ यूआईलाई जोभीओएस (JoviOS)नाम दिईएको छ । फनटचओएस प्रोजेक्ट म्यानेजरको रुपमा कार्यरत गे यानानले सो जानकारी चिनियाँ सोसल मिडिया वेबोमा दिएका हुन् ।

संभवत नयाँ जोभीओएस नयाँ स्मार्टफोन एक्स३० सिरिजका साथमा आगामी महिना लन्च हुनेछ । कम्पनीको नयाँ स्मार्टफोन एक्स३० सिरिज संभवत पहिलो जोभीओएससहित शिपमेन्ट हुने स्मार्टफोन हुनेछ ।

सो नयाँ ओएसको लोगो पनि वेबोमा सार्वजनिक भएको छ । तर यसमा आउने नयाँ फीचरहरुको बारेमा भने अझै जानकारी आएको छैन् । नयाँ लोगो र ओएस हेर्दा भीभोले आफ्नो यूआईलाई पूर्णरुपमा रिब्राण्ड गर्न खोजेको अनुभव हुन्छ ।नयाँ ओएसका साथै कम्पनीले एक्स३० ५जी स्मार्टफोन पनि ल्याउँदैछ । जसमा हेडफोन ज्याक टप लेफ्ट कर्नरमा हुनेछ ।

यो फोनमा कम्पनीले फोनमा ट्रिपल रियर पेरिस्कोप क्यामरा राख्नेछ जसमा ६० एक्स हाइब्रिड जूम हुनेछ । सो फोनमा सामसंगको एक्सनोज ९८० चीपसेटका साथै ९० हर्जको एमोलेड डिस्प्ले तथा १२ जीबी सम्मको र्याम राखिनेछ ।

भीभो एक्स ३० सिरिज कम्पनीको पहिलो ५जी स्मार्टफोनको रुपमा आउन लागेको हो ।

प्रकाशित: १३ मंसिर २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया