प्रविधि

जोर्डनमा टेलिग्राम प्रतिबन्ध लगाउने निर्णय

जोर्डनमा टेलिग्राम प्रतिबन्ध लगाउने निर्णय
Global IME Bank

जोर्डनले डिजिटल माध्यमबाट उग्र गतिविधि फैलिन नदिन भन्दै मेसेज आदानप्रदान गर्ने एप टेलिग्राममाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

जोर्डनको सार्वजनिक सुरक्षा निर्देशनालयका अनुसार डिजिटल सुरक्षा बलियो बनाउने र साइबर क्राइम, धम्की, ब्याकमेल तथा गैरकानुनि अनलाइन गतिविधि रोक्ने उदेश्यले उक्त निर्णय गरेको हो।

अधिकारीहरुले टेलिग्राफमाथिको प्रतिबन्ध कति समयमा कायम रहने वा कुनै विशेष घटनाका कारण यो प्रतिवन्ध गर्न लागिएको हो भन्नेबारे स्पष्ट पारेका छैनन्।

टेलिग्राफका अनुसार, जोर्डनको कराक प्रान्तस्थित ग्रिक अर्थोडक्स चर्चमा अन्त्येष्टि कार्यक्रममा सहभागिहरुमाथि अक्टोबर २३ मा भएको आक्रमणपछि यो निर्णय आएको हो। उक्त आक्रमणमा ९ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए।

आइतबार राज्य सुरक्षा अदालतले उक्त आक्रमणको योजना बनाएको र कार्यान्वयन गरेको अभियोगमा दोषी ठहर गर्दै तीन जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

Sajilo Visa
easy care