Technology Khabar १३ मंसिर २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । छिमेकी मुलुक भारतले ह्वाट्सएपको सेक्यूरिटी सिस्टमको अडिट गराउने योजना राखेको छ । फेसबुकको अधिनमा रहेको मेसेजिंग प्लेटफर्म ह्वाट्सएपमा स्पाईवेयरको जोखिम देखिएको भन्दै सेक्यूरिटी अडिट गराउन चाहेको भारतका टेक्नोलोजी मिनिस्टरले बताएकाछन् ।
‘इन्डियन कम्प्यूटर इमर्जेन्सि टिम (सर्ट-इन) ले ह्वाट्सएपद्धारा नोभेम्बर ९ मा बुझाएको सूचना हेरेको छ जसमा ह्वाट्सएपको सेक्यूरिटी सिस्टम र प्रोसेसहरुको अडिट र निरिक्षण गर्नुपर्ने आवश्यकता रहेको छ,’ भारतीय मन्त्री रवि शंकर प्रसादले संसदमा भने ।
गत महिना मात्रै ह्वाट्सएपले इजरायली सर्भिलेन्स फर्म एनएसओ ग्रुपलाई मुद्धा दायर गरेको थियो । जसमा सो फर्मले ह्वाट्सएप १,४०० यूजर्सका फोनहरुसम्म गोप्यरुपमा पहुँच प्राप्त गर्न सहयोग गरेको आरोप लगाईएकोछ । विभिन्न चार महादेशका कुटनितीज्ञ, राजनीतिक व्यक्तिहरु, पत्रकारहरुका साथै सैनिकहरु र सरकारी अधिकारीहरुको फोन ह्याक गरेको थियो ।
सो ह्याक प्रकरणमा एनएसआको पेगासस स्पाईवेयर प्रयोग भएको थियो जसमध्ये १२२ बेसहरु भारतमा रहेका थिए ।
यसअघि नै ह्वाट्सएपले त्यस्तो जोखिमको समाधान गरिएको जानकारी दिएको थियो। रोयटर्स
प्रकाशित: १३ मंसिर २०७६, शुक्रबार