के गुगल म्याप्स र गुगल अर्थ एकै हुन? यी दुईमा के भिन्नता छ जान्नुहोस्

  • Technology Khabar | ८ आश्विन २०८३, बिहीबार
के गुगल म्याप्स र गुगल अर्थ एकै हुन? यी दुईमा के भिन्नता छ जान्नुहोस्

काठमाडौं ।

संसारभरका ठाउँहरु खोज्न र अवलोकन गर्न प्रयोग गरिने गुगलका सर्भिसमा गुगल म्याप्स र गुगल अर्थ हुन। दुईओटैको उदेश्य एउटै भएपनि तिनको प्रयोग र विशेषता फरक छन्।

गुगल म्याप्स बाटो पत्ता लगाउन र नेभिगेसनका लागि प्रयोग हुने टुल हो। यसले ठेगाना खोज्न, बाटो तय गर्न, वास्तविक समयको ट्राफिक अवस्था हेर्न, होटल रेस्टुरेन्ट र अन्य ठाउँहरु खोज्न सहयोग गर्दछ।

गुगल म्याप्स सार्वजनिक यातायात, साइकल तथा पैदल यात्रा लगायत अन्य माध्यम छनोट गर्न सकिन्छ। यसमा यातायातको समयतालिका, व्यवसाय तथा स्थानका रेटिङ र धेरै ठाउँमा स्ट्रिटभ्युको सुविधा पनि उपलब्ध छ।

गुगल अर्थले स्याटेलाइट तस्बिर, हवाई तस्बिर तथा थ्रीडी मोडल प्रयोग गरेर शहर, पहाड, भवन र विभिन्न क्षेत्रलाई माथिबाट हेर्न सकिने सुविधा दिन्छ।

गुगल अर्थ विशेषगरी विभिन्न स्थानलाई भर्चुअल रूपमा घुमेर तथा अवलोकन गरेर बुझ्न उपयोगी हुन्छ भने गुगल म्याप्स एउटा स्थानबाट अर्को स्थानमा पुग्नका लागि बढी व्यावहारिक रहेको छ।

टेलिग्राफका अनुसार दुवै सेवाबीचको अर्को मुख्य भिन्नता जानकारि दिनु हो। गुगल म्याप्स सडक, ठेगाना र विभिन्न सेवा तथा व्यवसायमा केन्द्रित हुन्छ भने गुगल अर्थ पृथ्वीको दृश्य, भौगोलिक संरचना र थ्रीडीमा केन्द्रित हुन्छ।

दुवै प्लेटफर्मका केही सुविधा समान छन् र दुवैबाट स्थानहरूलाई हवाई दृश्यमा हेर्न सकिन्छ। गुगल अर्थमा आफ्नै परियोजना सिर्जना गर्ने तथा विभिन्न परियोजना अन्वेषण गर्ने सुविधा पनि छ। गुगल म्याप्स भने दैनिक प्रयोग तथा नेभिगेसनका लागि बढी उपयोगी मानिन्छ।

प्रकाशित: ८ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार