क्यूआर कोडमार्फत हुने कारोबार रकम एकै महिनामा २५ अर्ब रुपैयाँले घट्यो

  • Technology Khabar | ८ आश्विन २०८३, बिहीबार
क्यूआर कोडमार्फत हुने कारोबार रकम एकै महिनामा २५ अर्ब रुपैयाँले घट्यो

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३/२०८४ को दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या बढेको छ भने रकम घटेको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्यामा उल्लेख्य बढोत्तरी तथा रकममा भने गिरावट आएको पाइएको हो।

क्यूआर कोड मार्फत हुने कारोबार रकम असार मसान्तबाट साउन मसान्तसम्म २६ अर्ब ७७ करोड ५० लाख रुपैयाँले बढेर समग्रमा १ खर्ब ८९ अर्ब ९० करोड ६० लाख रुपैयाँ पुगेको थियो।

यो आँकडा साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दा २५ अर्ब ४७ करोड ९० लाख रुपैयाँले घटेर समग्रमा १ खर्ब ६४ अर्ब ४२ करोड ९० लाख रुपैयाँ पुगेको छ।

यसैगरी कारोबार सङ्ख्या असार मसान्तबाट साउन मसान्तसम्म आइपुग्दा ५९ लाख ६९ हजार ७७० ले बढेर समग्रमा ६ करोड ९५ लाख ८९ हजार ९७७ पुगेको थियो।

यो आँकडा साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दा २८ लाख ९३ हजार ३२५ ले बढेर समग्रमा ७ करोड २४ लाख ३८ हजार ३०२ पुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: ८ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार