प्रविधि

चीनको माउन्ट ताईमा ह्युमनोइड रोबोट चढ्याे ३ हजार १०० सिँढी

चीनको माउन्ट ताईमा ह्युमनोइड रोबोट चढ्याे ३ हजार १०० सिँढी
सांकेतिक फाइल तस्बिर
Global IME Bank

चीनको माउन्ट ताईमा रोबोटबीचको चुनौतीपूर्ण प्रतिस्पर्धा आयोजना गरिएको छ। यहाँ करिब ९० वटा टोलीले पुरानो पहाडी बाटो हुँदै ३ हजार १०० वटा सिँढी र ६०० मिटर उचाइको यात्रा पूरा गर्ने चुनौती सामना गरेका छन्।

सोमबार नोभेम्बर २ मा चीनको शान्दोङ प्रान्तको ताइआनमा सीएमजी वर्ल्ड रोबोट माउन्ट ताई च्यालेन्ज आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा चीनले आफ्नो पछिल्लो रोबोटिक्स प्रविधिको परीक्षण गरेको हो।

प्रतियोगितामा ह्युमनोइड रोबोहरूले प्राचीन पहाडी मार्गको ३.९ किलोमिटर दूरी पार गर्दै ३ हजार १०० वटा ढुङ्गाका सिँढी चढेका थिए। यस क्रममा उनीहरूले ६०० मिटर उचाइ पार गरेका थिए।

टेलिग्राफका अनुसार उक्त बाटोमा ठाडा उकालो, लामो सिँढी र तीव्र घुम्तीहरू थिए। तीमध्ये केही रोबोटले निर्धारित अन्तिम सिमा समेत पार गरेका थिए।

यस प्रतियोगिताले चीनको लोकप्रिय पहाडी पदमार्गलाई रोबोटिक्स प्रविधिको परीक्षणस्थलमा परिणत गरेको थियो।

असमान ढुङ्गाका सिँढी र ठाडा उकालोले रोबोटहरूको सन्तुलन कायम राख्ने तथा कठिन भूभागमा हिँड्न सक्ने क्षमताको परीक्षण गरेको थियो।

प्रतियोगिताका क्रममा केही चारखुट्टे रोबोटहरूले बाटोमा खाद्य सामग्रीसमेत ओसारेका थिए।

Sajilo Visa
easy care