काठमाडौं ।
राइड-हेलिङ सेवा याङ्गो राइडले २०२४–२०२५ को सुरक्षा रिपोर्ट सार्वजनिक गर्दै आफ्नो बजारमा रिपोर्ट गरिएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना विश्वव्यापी रूपमा ३१ प्रतिशत घटेको जनाएको छ।
रिपोर्टअनुसार प्रति १० लाख यात्रामा गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ९.८३ बाट घटेर ६.७६ मा पुगेका छन्। लापरवाहीपूर्वक सवारी चलाउने घटनामा पनि अफ्रिकामा ३८ प्रतिशत, ल्याटिन अमेरिकामा २४ प्रतिशत तथा मध्यपूर्व र दक्षिण एसियामा ४७ प्रतिशत कमी आएको छ।
याङ्गो राइडका विश्वव्यापी सञ्चालनमा औसतमा प्रत्येक ६४ हजार किलोमिटरमा एकपटक दुर्घटना वा दुर्घटना हुनसक्ने घटना रिपोर्ट हुने गरेको कम्पनीले जनाएको छ।
रिपोर्टअनुसार गोपनीयता सुरक्षित गर्ने इन-एप कलिङ प्रविधि प्रयोग भएका बजारमा राइडपछि हुने अनावश्यक सम्पर्कसम्बन्धी गुनासो पनि घटेको छ। सन् २०२६ को प्रारम्भिक तथ्यांकअनुसार पेरुमा ८१ प्रतिशत, कोलम्बियामा ७८ प्रतिशत र पाकिस्तानमा ३१ प्रतिशत कमी आएको छ।
त्यस्तै, सन् २०२४–२०२५ मा याङ्गो राइडको एन्टी-फ्रड प्रणालीले सम्भावित ठगीका संकेतका आधारमा विश्वभर १७ हजार २७५ यात्रु खाता ब्लक गरेको छ।
याङ्गो राइडले यात्रु र चालकका लागि २४ घण्टा, सातै दिन तत्काल सहायता उपलब्ध गराउँदै आएको जनाएको छ। तत्काल सहायता आवश्यक पर्ने विश्वभरका ९० प्रतिशत घटनामा तालिमप्राप्त विशेषज्ञले पाँच मिनेटभित्र पहिलो सम्पर्क गर्ने लक्ष्य राखिएको छ।
कम्पनीका अनुसार राइड सुरु हुनुअघि चालकको पहिचान, कागजात र लाइसेन्स जाँच तथा समय–समयमा सेल्फीमार्फत पहिचान पुष्टि गरिन्छ। राइडका क्रममा जीपीएस र ड्राइभिङ व्यवहार निगरानी, सेफ्टी सेन्टर र एसओएस सुविधा उपलब्ध छन्। राइडपछि यात्रु र चालकले एकअर्कालाई रेटिङ तथा प्रतिक्रिया दिन सक्छन्।
याङ्गो राइडहाल एमईएनए, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसियाका २५ भन्दा बढी देशमा सञ्चालनमा रहेको छ।
प्रकाशित: २९ भाद्र २०८३, सोमबार