टीभीएस नेपालद्वारा ‘टिभीएस गोल्डेन की’ दशैं योजना सार्वजनिक

  • Technology Khabar | २९ भाद्र २०८३, सोमबार
टीभीएस नेपालद्वारा ‘टिभीएस गोल्डेन की’ दशैं योजना सार्वजनिक

काठमाडौं ।

नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो विशेष चाडपर्व लक्षित उपभोक्ता योजना‘टिभिएस गोल्डेन की’ सार्वजनिक गरेको छ।

यस वर्षको दशैंलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको टिभीएस गोल्डेन की योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले तीनमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्ने छन्।

यस योजनाअन्तर्गत कुनै पनि टीभीएस दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकहरूले १० लाखसम्म नगद छुट वा गोल्डेन की वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक मध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुुसार यस योजनाको आकर्षण यतिमै सीमित नभई विशेष दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकहरूले ५ वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसर समेत प्राप्त गर्नेछन्।।
यस चाडपर्वमा नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउन ग्राहकहरूले सहज फाइनान्स सुविधा पनि प्राप्त गर्न सक्ने छन्। यो सुविधा सम्बन्धित नियम तथा सर्तहरू लागू हुनेगरी उपलब्ध हुनेछ।

टिभीएस गोल्डेन की योजनाको शुभारम्भका अवसरमा जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक रौनियारले भने, ‘टिभीएस गोल्डेन की मार्फत प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ। साथै, दैनिक लक्की ड्रमार्फत दीर्घकालीन सर्भिस लाभ जित्ने अतिरिक्त अवसर पनि प्राप्त गर्नुहुनेछ। यस योजनाले नयाँ टीभीएस दुईपांग्रे सवारीसाधन खरिद गर्ने अनुभवलाई यस चाडपर्वमा अझ रोमाञ्चक र फलदायी बनाउनेछ भन्ने हाम्रो विश्वास छ।’

जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘टिभीएस गोल्डेन की योजना ग्राहकहरुलाई थप मूल्य, उपयोगी लाभ र चाडपर्व मनाउने थप कारण प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो। यस अभियानमार्फत टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्नुहुने प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ भने दैनिक लक्की ड्रले थप उत्साह र जित्ने अवसर प्रदान गर्नेछ।

प्रकाशित: २९ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...