काठमाडौं ।
एन्थ्रोपिकले इतिहासकै सबैभन्दा ठूलो आईपीओमा एनभिडियालाई एङ्कर लगानीकर्ताको रूपमा ल्याउन वार्ता गरिरहेको यस विषयमा जानकार दुई व्यक्तिलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ।
एन्थ्रोपिकले १०० अर्ब डलरसम्म जुटाउन खोजिरहेको छ जसले गर्दा कृत्रिम बुद्धिमत्ता स्टार्टअपको मूल्य लगभग २ ट्रिलियन डलर हुन सक्ने उल्लेख छ।
‘एनभिडियाले आईपीओमा १० अर्ब डलरसम्म लगानी गर्ने विचार गरिरहेको छ,’ एक स्रोतले थपे।
योजनाहरू छलफलमा छन् र परिवर्तन हुन सक्ने उनीहरूले चेतावनी दिए।
यसअघि सार्वजनिक नभएको यस आईपीओमा एनभिडियाको सम्भावित संलग्नताले एन्थ्रोपिकलाई यो विशाल निष्कासनका लागि एक प्रारम्भिक रणनीतिक समर्थक प्रदान गर्नेछ, साथै चिप निर्माता र यसका प्रमुख ग्राहकहरूमध्ये एक एन्थ्रोपिक बीचको सम्बन्धलाई अझ सुदृढ बनाउने रिपोर्टमा भनिएको छ।
एनभीडीया जस्तो ठूलो लगानी क्षमता भएको ‘एङ्कर लगानीकर्ता’ लाई भित्र्याउँदा शेयर सूचीकरण प्रति लगानीकर्ताको विश्वास बढ्न सक्छ। यो प्रक्रिया ‘फ्रन्टियर एआई ल्याब’ (अत्याधुनिक एआई अनुसन्धान कम्पनी) हरूको विशाल मूल्यांकन र पुँजीगत आवश्यकताहरूप्रति सार्वजनिक बजारको रुचि वा स्वीकार्यताको एक प्रमुख परीक्षण बन्दै गइरहेको छ।
‘एङ्कर लगानीकर्ता’ भन्नाले सामान्यतया त्यस्ता संस्थागत लगानीकर्ताहरूलाई बुझिन्छ जसले आईपीओलाई व्यापक रूपमा बजारमा ल्याउनुअघि नै यसको निश्चित हिस्सा खरिद गर्ने प्रतिबद्धता जनाउँछन्; यसरी उनीहरूले ती सेयरहरूप्रति प्रारम्भिक विश्वास प्रकट गर्छन्।
प्रकाशित: २८ भाद्र २०८३, आईतवार