नेपालको पहिलो ओटीटी एप नेटटिभीले पायो आधिकारिक लाइसेन्स

  • Technology Khabar | १६ असार २०८३, मंगलवार
नेपालको पहिलो ओटीटी एप नेटटिभीले पायो आधिकारिक लाइसेन्स

काठमाडौं ।

नेट टिभी प्रालिले सूचना तथा प्रसारण विभागबाट आधिकारिक रूपमा ओटीटी प्रसारण सेवा सञ्चालनको इजाजतपत्र प्राप्त गरेको छ।

नेटटिभीका सिईओ निरन राजभण्डारीले यो ऐतिहासिक र गौरवपूर्ण उपलब्धि सार्वजनिक गर्न पाउँदा अत्यन्तै गौरव महसुस भएको बताएका छन्।

कम्पनीले २०१७ मै ओटीटी एप सार्वजनिक गरेको थियो। नेटटिभी नेपालकै पहिलो आईपीटिभी सेवा प्रदायक समेत हो। नेपालमा भिडियो स्ट्रिमिङ र डिजिटल कन्टेन्टको जग बसालेको यो प्लेटफर्मले अब नेपाल सरकारबाट ओटीटी प्रसारण सेवाको आधिकारिक लाइसेन्स प्राप्त गरेसँगै यस क्षेत्रमा नयाँ उचाइ हासिल गरेको छ।

‘यस इजाजतपत्रले हामीलाई नेटटिभी एप र हाम्रो वेबसाइट (nettv.com.np) मार्फत नेपालभर २४सै घण्टा सेवा प्रदान गर्ने अधिकार सुनिश्चित गरेको छ। अब हामीले आधिकारिक रूपमा नेपाली, अङ्ग्रेजी, हिन्दी लगायतका भाषाहरूमा इजाजतप्राप्त टेलिभिजन च्यानलहरू, अनुमति प्राप्त विदेशी कार्यक्रमहरू तथा उत्कृष्ट डिजिटल कार्यक्रमहरू प्रसारण गर्नेछौँ’, सीईओ राजभण्डारीले भने।

नेटटिभीमा उपलब्ध प्रमुख सुविधा तथा सेवा

कम्पनीका अनुसार ‘एउटै सब्सक्रिप्सन, असीमित मनोरञ्जनको मूल मन्त्रसहित नेटटिभीले आफ्ना प्रयोगकर्ताहरूका लागि पहिलेभन्दा अझ धेरै र उत्कृष्ट कन्टेन्टहरू पस्किएको छ।

यसमा १००० भन्दा बढी चलचित्रहरू, ब्लकबस्टर चलचित्रहरू, रोचक सिरिजहरू, लोकप्रिय स्वदेशी तथा विदेशी ड्रामाहरू, लाइभ स्पोर्ट्स, लाइभ टिभी र असीमित च्यानलहरू जुनसुकै समय अनि जहाँसुकैबाट आफ्नो मोबाइल, ट्याब्लेट वा टिभी स्क्रिनमा आफ्नो समय अनुकूल जहाँबाट पनि हेर्न सकिने सुविधा उपलब्ध छ।

प्रकाशित: १६ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार