काठमाडौं ।
नर्वे सरकारले सोमबार केही सार्वजनिक स्थानहरूमा स्मार्ट चश्मा प्रयोगमा अस्थायी प्रतिबन्ध लगाउने सम्भावना व्यक्त गरेको छ। विशेष गरी मानिसहरूलाई थाहै नदिई फिल्म वा तस्बिर खिच्ने समस्या जस्ता गोपनीयतासम्बन्धी चिन्ताका कारण यो प्रतिबन्ध लगाउने तयारी भएको हो।
यो प्रतिबन्ध पार्क, समुद्र तट, सङ्ग्रहालय, सपिङ सेन्टर, विद्यालय, दिवाकालीन रेखदेख केन्द्र, स्वास्थ्य संस्था, जिम र सार्वजनिक कार्यक्रमहरूमा लागू हुन सक्छ।
म पार्टीले अल्पमतको सरकार चलाएको श्रम पार्टीले प्रस्तावित प्रतिबन्ध पारित गर्न अन्य दलहरूको समर्थन आवश्यक छ।
सरकारले ‘जति सक्दो चाँडो’ विधेयक पेश गर्ने योजना बनाएको छ भने यस विषयमा स्थायी नियम बनाउन विशेषज्ञ समूहलाई जिम्मा दिएको छ।
“हामी निगरानी नहुने बानी परेका मानिसहरू थाहै नपाई प्रविधिजन्य रेकर्ड, फोटो वा भिडियो खिचिएको चिन्तामा बाँच्नुपर्ने अवस्थाबाट सुरषाका लागि सरकारले यो कदम ल्याउन खोजेको हो,” डिजिटल मामिला तथा सार्वजनिक प्रशासन मन्त्री तोर्गेइर मिकेल्सेनले भने।
सरकारले चश्मामा पूर्ण प्रतिबन्ध लगाउने योजना नरहेको स्पष्ट पारेको छ ।
विशेष गरी मेटा कम्पनीले रे–बान र ओकले जस्ता लोकप्रिय ब्रान्डमा बजारमा ल्याएका चश्माहरू युरोपमा बढ्दो चिन्ताको विषय बनेसँगै यो कदम आएको हो ।
फ्रान्समा बाल कल्याण समूह ई–एन्फान्सले गत महिना महिलाहरूलाई सहमति बिना फिल्म खिचिएका करिब २० ओटा रिपोर्ट प्राप्त गरेको बताएको थियो। ती अधिकांश केसमा मेटाका चश्मा प्रयोग भएका थिए।
केही भिडियो सामाजिक सञ्जालमा सेयर गरिएपछि उपहास वा घृणास्पद सन्देश आएका थिए, जसकारण पेरिसका सार्वजनिक अभियोजकले अनुसन्धान सुरु गरेका छन् ।
नर्वेको राजधानी ओस्लोले पहिले नै क्यामरायुक्त चश्मा विद्यालयमा प्रतिबन्ध लगाइसकेको छ भने युरोपेली सङ्घ र बेलायतमा कडा नियमको माग बढ्दै गएको छ।
मेटा कम्पनीले आफ्ना चश्मामा एलईडी बत्ती जडान गरिएको दाबी गरेको छ जुन फोटो वा भिडियो खिच्दा झिल्किन्छ र क्यामरा अक्षम नगरी बन्द गर्न मिल्दैन । रासस
प्रकाशित: २० आश्विन २०८३, मंगलवार