मस्कले स्पेसएक्सएआईको नाम परिवर्तन गरेर स्पेसएक्सएसआई राख्ने

  • Technology Khabar | २० आश्विन २०८३, मंगलवार
मस्कले स्पेसएक्सएआईको नाम परिवर्तन गरेर स्पेसएक्सएसआई राख्ने
फाइल तस्बिर

काठमाडौं ।

एलन मस्कले आफ्नो कम्पनीको कृत्रिम बुद्धिमत्ता (एआई) नाम परिवर्तन गरेर स्पेसएक्सएसआई राख्ने घोषणा गरेका छन्। डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्सको सट्टा सुपर इन्टेलिजेन्स शब्द प्रयोग गर्ने निर्णय गरेपछि मस्कले यस्तो घोषणा गरेका हुन्।

एक्स प्लेटफर्ममा एक प्रयोगकर्ताले स्पेसएक्सएआइको नाम परिवर्तन गरेर स्पेसएक्सएसआई राख्ने सम्भावनाबारे सोधेका थिए। त्यसको जवाफ दिँदै मस्कले ‘हो, हामी यो परिवर्तन गर्नेछौं,’ भनेका छन्।

विदेशी सञ्चारमाध्यमका अनुसार आइतबार बिहानसम्म मस्कको कम्पनीको वेबसाइट तथा सामाजिक सञ्जालका खाताहरूमा स्पेसएक्सएआई नाम नै कायम थियो। उनले नाम परिवर्तन कहिलेसम्म औपचारिक रूपमा गरिने भन्नेबारे थप विवरण दिएका छैनन्।

टेलिग्राफका अनुसार, गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय विभाग तथा निकायहरूलाई आधिकारिक सञ्चारमा ‘सुपर इन्टेलिजेन्स’ र ‘सीआई’ शब्द प्रयोग गर्न निर्देशन दिने आदेशमा हस्ताक्षर गरेका थिए।

ट्रम्पको कार्यकारी आदेशमा संघीय कार्यकारी निकायले सम्बन्धित कुनै पनि सन्दर्भमा आर्टिफिसियल इन्टेलिजेन्स’ र एआई शब्दको प्रयोगलाई अब मान्यता नदिने उल्लेख गरिएको छ।

उक्त आदेशमा आजका सिस्टमहरूले मानव बुद्धिमत्ताका केही पक्षको नक्कल वा स्वचालन मात्र नगर्ने उल्लेख गर्दै नयाँ प्रविधिहरूले आर्टिफिसियल इन्टेलिजेन्स शब्द पहिलोपटक प्रयोगमा आउँदा कल्पना गरिएको क्षमताभन्दा निकै बढी प्रगति गरिसकेको दाबी गरिएको छ।

प्रकाशित: २० आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार