फोटोन नेपालले पेप्सीकोलामा इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै

  • Technology Khabar | २० आश्विन २०८३, मंगलवार
फोटोन नेपालले पेप्सीकोलामा इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै

काठमाडौं ।

एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्राइभेट लिमिटेडले इभी कमर्सियल क्षेत्रमा सबैभन्दा ठूलो व्यवस्थित र अत्याधुनिक सुविधा सहितको सर्भिस सेन्टर स्थापना गर्न लागेको छ। यसबाट ग्राहकलाई सहज, प्रभावकारी र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

काठमाडौंको पेप्सीकोला क्षेत्रमा नेपालकै ठूलो यस इभी कमर्सियल सर्भिस सेन्टर आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमता सहित निर्माण भइरहेको छ। सर्भिस सेन्टरमा फोटोनका अन्तर्राष्ट्रिसंस्थाबाट तालिम प्राप्त दक्ष प्राविधिक तथा इन्जिनियरहरूको टोली रहनेछन्। सर्भिस विस्तारसँगै फोटोन ब्राण्डले ग्राहकलाई भरपर्दो बिक्री पछिको सेवा र जेन्युइन पाट्र्सको उपलब्धताका साथै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

पेप्सीकोलामा स्थापना भइरहेको नयाँ सर्भिस सेन्टरलाई फोटोनका सवारीसाधन बिक्रीपछिको सेवा, जेन्युइन पाट्र्स उपलब्धता, ब्याट्री परिक्षण तथा नियमित मर्मत सम्भार र ड्राइभर तथा प्राविधिक तालिम एउटै स्थानबाट उपलब्ध हुने गरी विशाल सर्भिस सेन्टरको अवधारणालाई मध्य नजर गर्दै सर्भिस सेन्टर तयार गरिएको छ।

फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिल कुमार बरालले भने, ‘बिक्रीपछिको गुणस्तरीय सेवा हाम्रो पहिलो प्राथमिकता हो। सवारीसाधन बिक्री गर्नु मात्र हाम्रो जिम्मेवारी होइन। हरेक फोटोनका ग्राहकले आफ्नो सवारीसाधनका लागि गुणस्तरीय सेवा, जेन्युइन पाट्र्स र व्यावसायिक प्राविधिक सहयोग सहज रूपमा प्राप्त गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो।’

कम्पनीका अनुसार, नयाँ सर्भिस सेन्टर, नेपालमा उपलब्ध फोटोनका विभिन्न सवारीसाधनलाई प्रभावकारी रूपमा सेवा दिन सक्ने आधुनिक जाँच तथा मर्मत प्रणालीले सुसज्जित हुनेछ। फोटोन अन्तर्राष्ट्रिय संस्थाबाट तालिम तथा प्रमाणपत्र प्राप्त प्राविधिक तथा इन्जिनियरहरूको टोलीले कम्पनीले निर्धारण गरेका सेवा मापदण्डअनुसार सवारीसाधनको निरीक्षण, मर्मतसम्भार, प्राविधिक जाँच तथा आवश्यक मर्मत कार्य गर्नेछन।

सर्भिस सेन्टरमा फोटोनका सवारीसाधन जेन्युइन पाट्र्स पर्याप्त मात्रामा उपलब्ध हुने गरी सुरक्षित तथा व्यवस्थित रूपमा राखिनेछ । आवश्यक पाट्र्स सहजै उपलब्ध हुँदा मर्मतसम्भारका क्रममा हुने अनावश्यक ढिलाइ कम हुने, सवारीसाधन छिटो मर्मत भई ग्राहकलाई समयमै दिन सकिने तथा लामो समयसम्म सवारीसाधन सञ्चालनमा

पेप्सीकोलामा सञ्चालनमा आउन लागेको नयाँ सर्भिस सेन्टर फोटोनको बिक्रीपछिको सेवा पूर्वाधार विस्तारमा गरिएको महत्वपूर्ण लगानीका रूपमा रहेको कम्पनीले जनाएको छ। नयाँ सर्भिस सेन्टरले ग्राहकलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै उनीहरूसँग दीर्घकालीन सम्बन्ध कायम गर्ने कम्पनीको प्रतिबद्धतालाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: २० आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...