सोनीले विभिन्न मुलुकमा मोबाइल व्यवसाय बन्द गर्दै, नेपालमा यथावत रहने

  • Technology Khabar | ८ जेष्ठ २०७६, बुधबार
सोनीले विभिन्न मुलुकमा मोबाइल व्यवसाय बन्द गर्दै, नेपालमा यथावत रहने

काठमाडौं ।

काठमाडौं । जापानी टेक कम्पनी सोनी कर्पोरेशनलेले केहि समयअघि मात्र आफ्नो एक्सपेरिया मोबाइल डिभिजनलाई अन्य इलेक्ट्रोनिक्स डिभिजनमा गाभेको थियो । कम्पनीले मोबाइल बिजनेसमा घाटा लागेको भन्दै एक्सपेरिया मोबाइल डिभिजनलाई इलेक्ट्रोनिक्स प्रडक्ट्स एण्ड सोलुसन्स डिभिजनमा गाभेको थियो जसमार्फत कम्पनीले टिभी, अडियो र क्यामरा उत्पादन गर्ने गर्दछ ।

कुनैबेला सफल मोबाइल बिजनेस गरेको सोनीले अहिले भने केहि बजारबाट आफ्नो हात झिकेकोछ । कम्पनीले हाई एण्ड बजारमा सामसंग र एप्पलसँग प्रतिस्पर्धा गर्नुपरेको र मिड रेन्ज बजारमा नयाँ आविश्कारीक उत्पादन नआउनु, उद्योगको प्रवृत्तिलाई स्वीकार गर्न नसक्नु जस्ता कारणले बजार गुमाईरहेको बेला सिमित बजारमा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने भएको छ । कम्पनीले सन् २०१८ मा केबल १ प्रतिशत मात्र बजार ओगटेको छ ।

कम्पनीले आफ्नो रणनीतिलाई परिवर्तन गर्दै मोबाइल बिजनेसलाई सिमित देशहरुमा मात्र ध्यान केन्द्रित गर्नेगरि अन्य बजारमा व्यापार बन्द गर्ने भएको छ ।

कम्पनीले मोबाइल बिजनेसको लागतलाई ५० प्रतिशतले कम गर्ने उद्धेश्यका साथ छिमेकी मुलुक भारत, अष्ट्रेलिया, क्यानाडा, उत्तर अमेरिका, मेक्सिको, अफ्रिका र मिडिल इस्टका देशहरुबाट आफ्नो कारोबार बन्द गर्ने भएको छ ।

यसैगरि कम्पनीले जापान, यूरोप, ताइवान र हंगकंगमा आफ्नो ध्यान केन्द्रित गर्ने औपचारिक घोषणा गरेको छ । यो रणनीतिक परिवर्तनमार्फत कम्पनीले मोबाइल बिजनेसलाई नाफामा लैजाने अपेक्षा गरेको छ ।

कम्पनीले सन् २०१९ को फ्ल्यागशिप मोडल सोनी एक्सपेरिया वानलाई प्रमुखरुपमा प्रस्तुत गर्दै आफ्नो प्रडक्ट लीभरेजको बारेमा उल्लेख समेत गरेको छ ।

कम्पनीले नेपालको व्यवसायलाई भने यथावत राख्ने भएको छ । नेपाल लगायतका मुलुकहरुमा कम्पनीले सिधै आफ्नो मोबाइल बिजनेस नगरेको हुँदा त्यसलाई निरन्तरता दिने भएको हो । सोनीले नेपाललाई ‘नो अपरेटर बिजनेसेस’को रुपमा उल्लेख गरेको छ अर्थात कम्पनीले तेस्रो पक्षलाई सो व्यवसायको लागि जिम्मा दिएको छ । त्यसैले नेपालमा भने सोनी एक्सपेरिया मोबाइलको विजनेस यथावत रहन सक्नेछ ।

नेपालमा सोनीको उत्पादनहरु नेपा हिमा ट्रेड लिंकले आयात तथा बिक्री गर्ने गरेको छ भने मोबाइल फोनको जिम्मा पनि उसैले लिएको छ । तर नेपालमा सोनीका मोबाइलको बजार हिस्सा निकै न्यून रहेको छ भने नयाँ मोडलहरु पनि बजारमा आएका छैनन् ।

प्रकाशित: ८ जेष्ठ २०७६, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार