र्यामको मूल्य नियन्त्रण बाहिर

Technology Khabar ११ मंसिर २०८२, बिहीबार

र्यामको मूल्य नियन्त्रण बाहिर
फोटो सौजन्यः टेलीग्राफ

काठमाडौं ।

सान फ्रान्सिस्को क्षेत्रको सेन्ट्रल कम्प्युटर जस्ता पसलमा र माइक्रो सेन्टरमा र्याम अहिले दैनिक बजारमा माछा किनेको जस्तै गरेर “बजार मूल्य” मा खरिद गरिने गरिएको छ।

टेलिग्राफका अनुसार “बजार अस्थिरता” को कारणले गर्दा स्टोरहरूले अब र्याम मोड्युलहरूको लागि निश्चित मूल्य सेट गर्न नसक्ने शेल्फका संकेतले चेतावनी दिएको छ र अद्यावधिक मूल्य सोध्नको लागि खुद्रा बिक्रेताकहाँ जानको लागि आग्रह गरिएको छ।

‌‍यो संकटले धेरै मानिसहरूको लागि र्याम मोड्युलहरूको मूल्य असहज बनाएको छ र पहिले १३० अमेरिकी डलरमा किन्न सकिने कुरा अब ४४० अमेरिकी डलर पुग्न सक्नेछ। साथै सामान्य मूल्यहरू १०५ अमेरिकी डलर थिए भने अब ४०० अमेरिकी डलर पुग्नेछ।

सबैभन्दा ठूला मेमोरिहरू जस्तै ६४ जीबी डीडीआर ५ को मूल्य पनि अब ७०० अमेरिकी डलर, ८०० अमेरिकी डलर र ९०० अमेरिकी डलर दायरामा पुगेको छ।

त्यसैगरी परिस्थितिले पर्सनल कम्प्युटरहरूलाई मात्र असर नगरेर उच्च र्याम मूल्यहरूले गेम कन्सोल, फोन र जीपीयू जस्ता डिभाइसहरूको मूल्यमा पनि वृद्धि भइ उद्योगलाई ठूलो असर गर्नेछ।

उद्योगका कमेण्टेटर्सहरूले यो अभाव वर्षौंसम्म रहन सक्छ – किनकि निर्माताहरूले उपभोक्ता मेमोरी भन्दा डेटा सेन्टर मेमोरी (एआई र क्लाउड सेवाहरूको लागि) लाई प्राथमिकता दिइरहेका छन् भनेर चेतावनी दिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया