टीभीएस एनटीओआरक्यू प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

  • Technology Khabar | २० कार्तिक २०८३, शुक्रबार
टीभीएस एनटीओआरक्यू प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

काठमाडौं ।

नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ। यस कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टीभीएस एनटीओआरक्यूू आबद्ध भएको छ।

नेपाली युवापुस्तामाझ लोकप्रियता कमाउँदै आएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित एनटीओआरक्यूू ले यस कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको हो।

मलिन मिडिया एन्ड इभेन्ट प्राइभेट लिमिटेडले नेपालमा ल्याउन लागेको हसल बाई नेपहप लाई एनटीओआरक्यूू प्रिजेन्टको रूपमा प्रस्तुत गरिनेछ। कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने यो कार्यक्रमलाई प्रिमियम र्‍याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरको र्‍याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रमको मुख्य केन्द्रमा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप–हप पहिचान रहनेछ।

कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। स्थापित र्‍यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाएको छ।

‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने मूल भावनासहित अघि बढ्ने हसल बाई नेपहप ले नेपाली हिप–हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्दै नेपाली संगीतको नयाँ सम्भावनालाई उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

कार्यक्रमको प्रसारण मिति तथा अन्य विस्तृत जानकारी चाँडै सार्वजनिक कम्पनीले जानकारि दिएको छ।

प्रकाशित: २० कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...