नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण

  • Technology Khabar | १९ कार्तिक २०८३, बिहीबार
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई आवश्यक सामग्री हस्तान्तरण

काठमाडौं ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको टोलिले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटवार्ता गरि आवश्यक सामग्रीहरु हस्तान्तरण गरेका छन्।

नाडाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको हो।

नाडाका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिहरूमा सम्बन्धित संघ संस्था तथा कार्यालयहरूलाई आवश्यकताअनुसार विभिन्न सामग्री तथा सहयोग उपलब्ध गराउँदै आएको छ।

सहयोगात्मक गतिविधिहरूले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकायहरूसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने नाडाको विश्वास लिएको छ।

नाडाले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सहयोगात्मक तथा रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिँदै सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: १९ कार्तिक २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...