यूट्युब टिभीले डिज्नीका च्यानलहरू नचल्दा ग्राहकहरूलाई २० डलरको क्रेडिट दिने

  • Technology Khabar | २४ कार्तिक २०८२, सोमबार
यूट्युब टिभीले डिज्नीका च्यानलहरू नचल्दा ग्राहकहरूलाई २० डलरको क्रेडिट दिने
फाइल तस्बिर

काठमाडौं ।

यूट्युब टिभीले डिज्नीका च्यानलहरू नचल्दा ग्राहकहरूलाई २० डलरको क्रेडिट दिने भएको छ।

ईएसपीएन, एबीसी लगायतका डिज्नी नेटवर्क बिना एक हप्ताभन्दा बढी समय बिताएका यूट्युब टिभीका सदस्यहरूलाई अब २० डलरको क्रेडिट प्रदान गरिने भएको छ, जसलाई उनीहरूले आगामी बिलमा प्रयोग गर्न सक्नेछन्।

यो समाचार सबैभन्दा पहिले भेराइटीले सार्वजनिक गरेको हो। यूट्युबका प्रवक्ताले यो जानकारी पुष्टि गरेका टेकक्रञ्चले उल्लेख गरेको छ। कम्पनीका अनुसार क्रेडिट वितरण सुरु भइसकेको छ र प्रयोगकर्ताहरूलाई इमेलमार्फत यसको प्रयोग गर्ने तरिका बताइएको छ।

डिज्नीका च्यानलहरू अक्टोबर ३१ देखि यूट्युब टिभीबाट हटाइएका थिए। युट्युबले कि सम्झौता भएसँगै ती च्यानलहरू केही घण्टाभित्रै पुनः उपलब्ध हुनेछन्।

अन्य यस्तै विवादहरूझैँ यस पटक पनि मूल्यसम्बन्धी मतभेद नै मुख्य कारण रहेको देखिन्छ। यूट्युबले डिज्नीले “अनावश्यक मूल्यवृद्धि गरेको” आरोप लगाएको छ भने डिज्नीले युट्युबले “हाम्रा च्यानलहरूका लागि उचित दर तिर्न अस्वीकार गरेको” बताएको छ।

सन् २०२२ मा पनि यूट्युब टिभी र डिज्नीबीच यस्तै विवाद भएको थियो, जसका कारण डिज्नीका कार्यक्रम एक दिनका लागि हटाइएपछि युट्युबले ग्राहकहरूलाई १५ डलरको क्रेडिट दिएको थियो।

प्रकाशित: २४ कार्तिक २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Auto expands EV portfolio in Nepal with Chetak C2501 and C3503 launches

  • Technology Khabar
  • २४ कार्तिक २०८२, सोमबार
Desktop Popup ImageMobile Popup Image×