फस्ट पे टेक्नोलोजीको भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्र रद्द

  • Technology Khabar | २४ आश्विन २०८२, शुक्रबार
फस्ट पे टेक्नोलोजीको भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्र रद्द
फाइल

काठमाडौं ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले फस्ट पे टेक्नोलोजी प्रालिलाई दिइएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र रद्द गरेको छ। विभागले आज एक सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो।

सूचनामा भनिएको छ, ‘फस्ट पे टेक्नोलोजी प्रा.लि.लाई यस बैंकबाट मिति २०७६/११/१३ मा प्रदान भएको भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र भुक्तानी तथा फर्म्याट ऐन, २०७५ को दफा १३ (६) को व्यवस्था बमोजिम रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।‘

विभागले उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

प्रकाशित: २४ आश्विन २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार